• होमपेज
  • समाचार
  • आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर

आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर

  • शनिबार, भदौ १७, २०७४
आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर

डोटी,भदौ १७ –

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गर्नु भएको छ ।
नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ‘निर्वाचन आयोगले सरकारसँग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा आचारसंहिता ल्याएकोमा सरकार अचम्मित छ,’ भन्नुभयो ।
तेस्रोचरणको स्थानीय तह निर्वाचनको आचारसंहिता कायम रहेकै बेला आएको यो आचारसंहितालाई ‘आचारसंहितामाथि आचारसंहिता ल्याइएको’ उहाँको टिप्पणी थियो ।

मंसिर १० गते हुने निर्वाचनका लागि अहिल्यै आचारसंहिता आवश्यक नरहेको उहाँको भनाइ थियो । ‘यो वर्ष निर्वाचन नै निर्वाचनको वर्ष हो ’। निर्वाचनलाई हेरेर विकासलाई पूर्ण अवरुद्ध पार्न मिल्दैन्,’ मन्त्री बलायरले भन्नुभयो, “यो अवस्थाले त वर्ष नै आचारसंहितामा जाने भो । त्यसैले आचारसंहिता मिलाएर छलफलका आधारमा लगाइनुपर्ने हो ।”

मन्त्री बलायरले प्रदेश नम्बर– ७ को भूमि हुँदै छिट्टै भारत–चीन जोडिने बताउनुभयो । ‘भारतको गौरिफण्टा हँुदै चीनको ताक्लाकोट नाकासम्म जोड्ने सडकका लागि सरकारले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा