• होमपेज
  • Uncategorized
  • प्रधानमन्त्रीले नारायणगढ–मुग्लिन सडक अनुगमन गरेको एक महिना, प्रगती शून्य !

प्रधानमन्त्रीले नारायणगढ–मुग्लिन सडक अनुगमन गरेको एक महिना, प्रगती शून्य !

  • शनिबार, भदौ १७, २०७४
प्रधानमन्त्रीले नारायणगढ–मुग्लिन सडक अनुगमन गरेको एक महिना, प्रगती शून्य !

चितवन,भदौं १७-

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम तिव्र गतिमा गर्न प्रधानमन्त्रीले निर्देशन दिएको एक महिना वितिसक्दा पनि कामले गति लिन सकेको छैन् । राजधानीलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्गको रुपमा रहेको सडक खण्डको शुक्रवार जिल्लाका सरोकारवाला निकायले गरेको अनुगमनका क्रममा कामको प्रगती नदेखिएको हो । प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिएका थिए तर सडक निर्माण सुस्त र यातायात आवागमन झन् असहज वन्दै गएको छ ।

अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ तर कामको भने प्रगती छैन् । चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न झन् गाह्रो हुने देखीएको छ । आयोजना प्रमुख चन्द्र नारायण यादवले अहिलेसम्म जम्मा ५४ प्रतिशत काम सम्पन्न भएको वताए । उनले चितवनका २ साँसद र प्रमुख जिल्ला अधिकारी सहितको अनुगमन टोलीलाई पुरानै कुरा दोहो¥याउदैं भनेः बाढी पहिरो र ट्राफिक व्यवस्थापनको समस्याले सोचे अनुसार काम हुन सकेको छैन् । उनले आगामी चैत्र मसान्तसम्म काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

जनताको प्रश्नः ३ वर्षमा आधा मात्रै काम सकियो चैत्र सम्म कसरी सम्पन्न हुन्छ ?

मुग्लिनका स्थानियले आयोजना र ठेकेदारको चरम लापरवाहीका कारण कामले गति लिन नसकेको वताएका छन् । सडकखण्ड निर्माणमा भैरहेको ढिलाइका कारण दिनरात धुलो खानुपरेको उनिहरुले वताए । मुग्लिनका स्थानिय कृष्ण सिलवालले सडकको भित्ता खन्ने क्रममा लापरवाही गरेका कारण दैनिकजसो पहिरो गहिरहेको वताए । उनले सडकको भित्ता खारेको ढुगां,माटो सिधै नदिमा मिसाउन नपाउने व्यवस्था छ, त्यही कारण ठेकेदारले कोप्राएर भित्ता खन्ने र वाढीले वगाएपछि बाटो सुचारु गर्ने नाममा नदिमा फाल्ने गरेको वताए । २ अर्व बढीको आयोजनामा कत्तै २ जना कत्तै ४ जनाले काम गरेको देख्छौं,जनशक्त्ती र स्रोतसाधन आवश्यक मात्रामा परिचालन गरेको देखिदैन, अनि कसरी कामको प्रगती हुन्छ, स्थानिय राजु त्रिपाठीले भने । सडकखण्डमा भैसी आल खेल्न मिल्ने खाडल बन्दापनि ठेकेदारले नपुर्ने गरेको त्रिपाठीले वताए ।

साँसद र सिडियोको निर्देशनः बाहाना होइन काम चाहियो !

सडकको अनुगमन पश्चात साँसद कृष्णभक्त्त पोखरले,रामकृष्ण घिमिरे र चितवनका प्रजिअ नारायण प्रसाद भट्टले अव कुनै वाहाना सुहिकार्य नहुने भन्दै दशैमा कम्तीमा १÷२ घण्टा भित्रै सडकखण्ड पारगर्ने व्यवस्था मिलाउन निर्देशन दिए । सडक निर्माणमा आइपर्ने समस्या समाधानमा सवैको साथ छ,तोकेको मितिमा कुनै हालतमा सडक निर्माण सम्पन्न होस्,प्रजिअ नारायण प्रसाद भट्टले भने ।

साँसद कृष्णभक्त्त पोखरलेले सडक निर्माणको गति हेर्दा फेरी पनि म्याद थप भएको मितिसम्म काम सकिनेमा विश्वास नलागेको वताए । उनले अफ्ठ्यारो ठाँउ संगै सजिलो ठाँउमा पनि कामले गति नलिएको वताए ।

यस्तै साँसद रामकृष्ण घिमिरेले सँसदको विकास समितिको सदस्य भएकाले पनि आफुलाई सडक निर्माणको सुस्तताले चिन्तित वनाएको वताए । उनले जनशक्त्ती र सा्रेतसाधन थपेर भएपनि चाडपर्व अघि सहज रुपमा यातायात आवगमनको व्यवस्था मिलाउन आग्रह गरे ।

सडक विस्तारमा भइरहेको ढिलाइका कारण सवारीसाधन घण्टौंसम्म जाममा फस्न वाध्य छन् । खाल्टा खुल्टी र धुलोले यात्रुहरु हैरान हुने गरेका छ । शुरुमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको सो सडक विस्तारको लागि दोस्रो चरणमा फेरी २० फेवु्रअरी २०१८ सम्म समय थप गरिएको छ । भूकम्प, नाकाबन्दी,बाढी पहिरो लगायतका कारणहरु देखाउँदै म्याद थप्ने गरिएको छ । सडकको कामलाई तीव्रता दिन भन्दै रातीको समयमा यातायात बन्द गरी काम गर्दै आइएको छ तरपनि कामले गति लिन सकेको छैन् । जोखिम रहँदारहँदै पनि सो सडकखण्ड भएर दैनिक १० हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

नारायणगढमुग्लिन सडक ३६ किलो मिटर लामो छ । त्यसमध्ये ३३ किलो मिटरमा विस्तारको काम भइरहेको छ । नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत विश्व बैंकको करिब तीन अरब रुपैयाँ ऋण सहयोगमा विस्तारको काम हुँदै गरेको हो । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सन् २०१५ को अप्रिलबाट सुरु भएको हो ।

वैकल्पिक मार्गमा काठमाडौंबाट पूर्व जान आउनका लागि बनेपा बर्दिवासको बीपी राजमार्ग, हेटौंडा नौं बिसेको त्रिभुवन राजपथ छन् । तर यी मार्ग ठूला र मालबाहक गाडीका लागि उपयुक्त छैनन् । त्यस्तै पश्चिम जान आउनका लागि मुग्लिनबाट पोखरा हुँदै सिद्धार्थ राजमार्गबाट स्याङ्जा बुटवल निस्कन सकिन्छ । तर यो बाटो पनि खासै राम्रो छैन र दूरी पनि लामो छ ।

Facebook Comments

सम्बन्धित समाचार