• होमपेज
  • समाचार
  • बाढीपहिरोबाट १९ बालबालिकाको मृत्यु

बाढीपहिरोबाट १९ बालबालिकाको मृत्यु

  • शनिबार, भदौ १७, २०७४
बाढीपहिरोबाट १९ बालबालिकाको मृत्यु

काठमाडौँ, भदौ १७–

मुलुकका विभिन्न जिल्लामा आएको बाढीपहिराका कारण विद्यालयका १९ बालबालिकाको मृत्यु भएको छ ।

पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँके, सिरहा, सप्तरी, धनुषा, मकवानपुर र चितवनका विद्यार्थीको मृत्यु भएको शिक्षा मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै ती जिल्लाका करिब ५०० विद्यालयको भौतिक संरचनामा क्षति पुगेको छ । सुनसरी र झापाको क्षति विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रभावित जिल्लाका पीडितले आश्रय लिएका कारण विद्यालयहरु सञ्चालन हुन सकेको छैन ।

सप्तरीका ३८ विद्यालयमा करिब रु दुई करोड र धनुषाका २६ विद्यालयमा करिब रु ६६ लाखको क्षति भएको जनाइएको छ । अन्य जिल्लाको क्षतिको विवरण संकलन गरिने क्रममा रहेको पोखरेलले जानकारी दिनुभयो । क्षति भएका केही विद्यालयको पुनःनिर्माण गरी सञ्चालन गर्नुपर्ने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा