• होमपेज
  • समाचार
  • रामग्राम नगरपालिकाको बजेट ५९ करोड

रामग्राम नगरपालिकाको बजेट ५९ करोड

  • शुक्रबार, भदौ १६, २०७४
रामग्राम नगरपालिकाको बजेट ५९ करोड

नवलपरासी, भदौ १६–

नवलपरासीको रामग्राम नगरपालिकाको प्रथम नगरसभाले आज रु ५९ करोड बजेट सार्वजनिक गरेको छ ।

बजेटमध्ये चालुतर्फ रु २४ करोड ६७ लाख २७ हजार र पुँजीगततर्फ रु ३४ करोड, ४७ लाख, ६९ हजार बिनियोजन गरिएको हो ।

नगरपालिकाले सभामा चालु आर्थिक वर्षका लागि कृषि, पूर्वाधार, महिला तथा बालबालिका, पर्यटन, वन/वातावरण तथा सरसफाइ, घरेलु उद्योग, शिक्षा र संस्कृति, मानव संसाधान, युवा तथा खेलकुद, सूचना तथा सञ्चार, सामाजिक सुरक्षा र स्वास्थ्यलगायतका शीर्षकमा नीति तथा कार्यक्रम बनाएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।

नगरसभाले नगरप्रमुख, उपप्रमुखसहित वडा अध्यक्षलाई पनि पारिश्रमिकको व्यवस्था गरेको छ । सभाले नगरप्रमुखलाई रु ३५, उपप्रमुखलाई रु ३० र वडा अध्यक्षलाई रु १८/१८ हजारका दरले मासिक पारिश्रमिक दिइने व्यवस्था गरेको छ । –रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि