• होमपेज
  • समाचार
  • दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुल्ने

दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुल्ने

  • शुक्रबार, भदौ १६, २०७४
दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुल्ने

काठमाडौँ, भदौ १६–

यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् ।

सरकारको पहलमा यातायात व्यवस्था विभाग मीनभवनमा विभागका कर्मचारी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्तावादी र यातायात व्यवसायीबीच आज बसेको बैठकले काठमाडौँबाट चल्ने लामो तथा मझौला दूरीको बसको टिकट खुला गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि यातायात व्यवसायीले बसमा यात्रुको सामान राख्न छतको व्यवस्था हुनुपर्ने भन्दै टिकट खुलाउनेबारेमा अटेर गरे पनि विभागले मन्त्रिपरिषद्बाट छत राख्ने निर्णयका लागि पहल गर्ने आश्वासन दिएपछि व्यवसायी टिकट खुलाउनेबारेमा सकारात्मक देखिएका हुन् ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीको मागलाई सम्बन्धित क्षेत्रमा पु¥याएर समाधान गर्ने बताउनुभयो । “व्यवसायीले भाडा समायोजनका बारेमा राखेका माग, बर्खायाममा यात्रा गर्दा बाटोमा पर्ने समस्याको समाधानका लागि चाहिने पूर्वाधार, सवारी जाँचपास लगायका विषयमा विभाग गम्भीर छ”– महानिर्देशक भट्टराईले भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडबाडका समयमा यात्रुलाई सम्बन्धित क्षेत्रमा पु¥याउने जिम्मा व्यवसायीको भएकाले महाशाखा व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक सुदीप आचार्यले धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही गरिने बताउनुभयो ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका कावा अध्यक्ष डोलराज खनालले सरकारले छत हटाउने सम्बन्धमा गरेको निर्णय अव्यावहारिक छ भन्नुभयो ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रमा देखिएका व्यावहारिक तथा कानूनी अप्ठ्यारा फुकाइदिन सरकारलाई आग्रह गर्नुभयो ।

उपभोक्तावादी रञ्जन खनालले सरकार र यातायात क्षेत्रको अपरिपक्क नीतिका कारण उपभोक्ता मर्कामा परेको बताउँदै उपभोक्तालाई सहज ढंगले गन्तव्यमा पु¥याउन व्यवसायीलाई आग्रह गर्नुभयो । –रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा