• होमपेज
  • समाचार
  • सेजन अध्यक्षमा आचार्य निर्वाचित

सेजन अध्यक्षमा आचार्य निर्वाचित

  • शुक्रबार, भदौ १६, २०७४
सेजन अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौँ, भदौ १६–

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित हुनुभएको छ ।

यहाँ आज सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत प्राप्त गर्नुभयो ।

महासचिवमा भीमप्रसाद गौतमले १०६ प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी जनार्दन बरालले ७० र अर्का उम्मेदवार अनुजराज ढुंगेलले ४९ मत प्राप्त गर्नुभयो । सचिव सुजन ओलीले १३० मत पाएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नवीन अर्यालले ९२ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा भागवत भट्टराईले १२३ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी सरस्वती ढकालले ९८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी सदस्यमा एलिजा उप्रेती (१५७), हिमाल पौडेल (१४५), सागर घिमिरे (१२८), कृष्ण रिजाल (१०९) र शिव बोहोरा (९९) मतका साथ विजयी हुनुभएको निर्वाचन समितिका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष आचार्यले पत्रकारको क्षमता विकास गर्न तालिम तथा अन्य गतिविधिलाई बढावा दिने र आर्थिक पत्रकारलाई मुलुकको अर्थतन्त्रको सन्दर्भ सामग्रीका रुपमा समेत विकास गर्न पहल गरिने बताउनुभयो ।

अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’मा कार्यरत आचार्य ११ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशील हुनुहुन्छ । अंग्रेजीमा स्नातक आचार्य सेजनका सदस्य, महासचिव, उापध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा