• होमपेज
  • Uncategorized
  • भरतपुर अस्पतालमा कार्डियो थोरासिक तथा भस्कुलर सर्जरी सुरु, शल्यक्रियाका लागि राजधानी धाउन नपर्ने

भरतपुर अस्पतालमा कार्डियो थोरासिक तथा भस्कुलर सर्जरी सुरु, शल्यक्रियाका लागि राजधानी धाउन नपर्ने

  • शुक्रबार, भदौ १६, २०७४
भरतपुर अस्पतालमा कार्डियो थोरासिक तथा भस्कुलर सर्जरी सुरु, शल्यक्रियाका लागि राजधानी धाउन नपर्ने

चितवन, भदौं १६–

चितवनको भरतपुर अस्पतालमा कार्डियो थोरासिक तथा भस्कुलर सर्जरी सुरु भएको छ । यही भदौं महिनादेखि भरतपुर अस्पतालमा मुटु, फोक्सो तथा रक्तनलीको शल्यक्रियालगायत सम्पूर्ण उपचार सेवा सुरु भएको हो ।

मुटुरोग विशेषज्ञ सर्जन डा.कौशल तिवारीको नेतृत्वमा मुटु सम्बन्धि कार्डियो थोरासिक तथा भस्कुलर सर्जरी गरि सम्पूर्ण उपचार सुरु भएको हो । यस विभागमा डा.सपना भण्डारीलगायत नर्सहरुको टिम रहेको छ । पूर्वदेखि पश्चिमका बिरामीहरु भरतपुर अस्पतालमा आउने भएकाले क्षमता विस्तार अन्तरगत भरतपुर अस्पतालले मुटु रोगको विशेषज्ञ सेवा सुरु गरेको हो । हाल यस अस्पतालमा न्यूरो, मिर्गौलालगायत सम्बन्धि उपचार समेत सुरु भएको छ ।

मुटुरोग विशेषज्ञ डा.कौशल तिवारीले मुटु रोगका बिरामी सहज उपचारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता अब हटेको बताउनुभयो । उहाँले भन्नुभयो–“निजी अस्पतालमा सहज उपचार गराउन नसक्दा काठमाडौं नै धाउनुपर्ने अवस्था थियो, अब त्यो समस्या टरेको छ, सबै उपचार यही गर्न सकिन्छ ।”

मुटु रोगको उपचार गराउँदा भरतपुर अस्पतालमा पनि सरकारी छुट अनुसार एक लाख रुपैयाँ बराबरको छुट पाउन सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रुद्र मरासिनिले बताउनुभयो । उहाँले विगतमा मुटु रोगका बिरामीहरु भरतपुर अस्पतालसम्म आएर त्यतिकै फकर्नुपर्ने अवस्था थियो भने अब त्यो समस्या टरेको बताउनुभयो । “पहिले उपचार नहुँदा बिरामीहरुले धेरै सास्ती पाउनुपर्ने अवस्था थियो, अब मुटुका सबै उपचार हुने भएपछि बिरामीहरुलाई सहज हुने भयो”–डा.मरासिनिले भन्नुभयो ।

अहिले अस्पतालमा मुटु सम्बन्धि इको, इसिजि, ओपिडि उपचार भईरहेको छ । अब मुटुको शल्यक्रियाका लागि बिरामीहरु काठमाडौं धाउन नपर्ने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार