• होमपेज
  • Uncategorized
  • अष्ट्रेलियालाई हराउँदै जापान पुग्यो विश्वकपमा

अष्ट्रेलियालाई हराउँदै जापान पुग्यो विश्वकपमा

  • शुक्रबार, भदौ १६, २०७४
अष्ट्रेलियालाई हराउँदै जापान पुग्यो विश्वकपमा

जापान,भदौ १६ –

जापान सन् २०१८ को विश्वकप फुटबलमा छनौट भएको छ । बिहीबार भएको खेलमा अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै जापान रसियामा हुने विश्वकपमा छानिएको हो ।

जापानका लागि खेलको ४१ औँ मिनेटमा एसानो र ८२ औँ मिनेटमा इडेगुचिले गोल गरेका थिए । समूह ‘बि’ मा रहेको जापानको ९ खेलबाट २० अंक भएको छ । दोस्रोमा रहेको साउदी अरेबियाको ९ खेलमा १६ अंक छ । समूहका शीर्ष दुई टिम विश्वकपमा छनौट हुन्छन् भने तेश्रो स्थानको टोलीले चौथो चरणमा प्ले अफ खेल्न पाउँछ ।

यसअघि एसियाबाट नै इरान विश्वकप फुटबलमा छनौट भइसकेको छ । साथै छनौट चरणबाट ब्राजिल तथा रसिया आयोजकको नाताले विश्वकपमा यसअघि नै स्थान सुरक्षित गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार