• होमपेज
  • Uncategorized
  • सायद अझै बगदादी जिवित छन् – अमेरिकी उच्च कमाण्डर

सायद अझै बगदादी जिवित छन् – अमेरिकी उच्च कमाण्डर

  • शुक्रबार, भदौ १६, २०७४
सायद अझै बगदादी जिवित छन् – अमेरिकी उच्च कमाण्डर

एजेन्सी,भदौ १६ –

अमेरिकी सेनाका उच्च कमाण्डरले इस्लामिक स्टेट समूहका नेता अब बकर अल बगदादी अझै पनि जिउँदो भएको हुनसक्ने आशंका गरेको छ । तर, रुसले भने एक महिना अगाडी गरिएको हमलामा उनी मारिएको बताउँदै आएको छ ।

इराक र सिरियामा आईएससँग लडिरहेका अमेरिकी सेनाका लेफ्टिनेन्ट स्टिफन टाउनसेंडले आईएसका नेता अल(बगदादी अझै पनि जिवित नै रहेको आशंका गरेका छन् ।

उनका अनुसार यस्तो प्रकारको भरोसा प्रमाणको अभावको कारण पैदा भएको हो र बगदादी मारिएको भन्ने भनाई एक अफवाह मात्रै हो ।
उनले भने, ‘गुप्तचर सुत्रहरुले समेत यस्तो संकेत दिएका छन् कि बगदादी अहिले पनि जिवित छन् ।’ यद्यपी टाउन्सेंडले गुप्तचर सुत्रको बारेमा भने अरु केही जानकारी दिएनन् ।

Facebook Comments

सम्बन्धित समाचार