• होमपेज
  • समाचार
  • कास्कीमा गोरू काट्ने चारजना पक्राउ

कास्कीमा गोरू काट्ने चारजना पक्राउ

  • शुक्रबार, भदौ १६, २०७४
कास्कीमा गोरू काट्ने चारजना पक्राउ

काठमाडौं, भदौ १६ –

कास्कीको भालुडाँडा जाने बाटोमा गोरू काटेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका २१ का गोपाल परियारको २ वर्षको बहर गोरू काटेर खाएको आरोपमा लेखनाथ महानगरपालीका २१ का २९ वर्षीय मदन परियार, २६ वर्षीय सुवास परियार, १८ वर्षीय प्रवीण नेपाली र २७ वर्षीय नवराज परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

गोरू काटेर खाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी छोरेपाटनबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार