• होमपेज
  • Uncategorized
  • भ्रष्टाचारीलाई निर्वाचन लड्न दिनुपर्ने काँग्रेसको प्रस्ताव लज्जाको विषयः माधव नेपाल

भ्रष्टाचारीलाई निर्वाचन लड्न दिनुपर्ने काँग्रेसको प्रस्ताव लज्जाको विषयः माधव नेपाल

  • शुक्रबार, भदौ १६, २०७४
भ्रष्टाचारीलाई निर्वाचन लड्न दिनुपर्ने काँग्रेसको प्रस्ताव लज्जाको विषयः माधव नेपाल

चितवन,भदौं १६-

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टाचारीलाई निर्वाचन लड्न दिनुपर्ने प्रस्ताव लिएर संसोधन दर्ता गराउनु निकै लज्जास्पद विषय भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले काँग्रेसको यो प्रस्तावले दुँनियालाई लज्जित बनाउने काम गरेको भन्दै यसले कांग्रेसको साखलाई नै गिराएको वताउनुभयो । सत्तामा बसेर कांग्रेसले जनबिरोधी काम गर्दै गएकोले एकदिन उसको हैसियत प्रजापरिषदको जस्तै हुने नेता नेपालले दावी गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको प्रसङ कोट्याउँदै नेता नेपालले भन्नुभयो ‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो, नेपालको आन्तरीक बिषय सार्वभौम संसदको अधिकारको बिषयमा भारतलाई समेत हकदार बनाउने प्रयास उहाँले गर्नुभयो ।’

नेकपा एमाले माथि मधेशमा भैरहेको आक्रमण अतिवादी राजनीतिक र अपराधीक मानसिकताबाट सिर्जित भएकोले सरकारले यस बिषयमा कडा कदम उठाउनुपर्ने नेता नेपालले बताउनु भयो । जसले जतिसुकै एमाले बिरोधी प्रचार वा आक्रमण गरेपनि प्रदेश नम्वर २ मा एमाले नै पहिलो पार्टी बन्ने उहाँले दावी गर्नुभयो ।

निर्वाचन आचारसंहिता र निर्वाचन आयोगको २४ घण्टे स्पष्टिकरणबारे सोधिएको प्रश्नमा नेता नेपालले भन्नुभयो ‘जनताले सूर्यको टोपी लगाइदिए, मैले निकालेर फाल्न मिलेन, मैले पनि ठाने उम्मेदवारको मनोनयन पछि लगाउन नपाउने होला भन्ने यसमा कमजोरी भएकै हो ।

’उत्तर कोरियाको आफ्नो भ्रमण शान्ति स्थापनाका कुराहरुमा नै जोड दिएर गरिएको नेता नेपालले स्पष्ट पार्नुभयो । एमाले नेता नेपाल, नेपाल दुरसञ्चार कर्मचारी संघको आठौं केन्द्रिय परिषद् समारोह उद्घाटन गर्न चितवन आउनुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि