• होमपेज
  • समाचार
  • नवलपरासीमा अवैद्य रुपमा खोलाजन्य पदार्थ निकासी अझै रोकिएन

नवलपरासीमा अवैद्य रुपमा खोलाजन्य पदार्थ निकासी अझै रोकिएन

  • शुक्रबार, भदौ १६, २०७४
नवलपरासीमा अवैद्य रुपमा खोलाजन्य पदार्थ निकासी अझै रोकिएन

ज्ञानु पंगेनी,

नवलपरासी, भदौं १६-

नवलपरासीको मध्यविन्दु नगरपालिका ७ मैनाघाटमा पर्ने गिरुवारी खोलाबाट अवैद्य रुपमा खोलाजन्य पदार्थ निकासी गरिरहेको अवस्थामा २ वटा ट्रिपर र एउटा एक्साभेटरलाई चोरमारा प्रहरी र शशस्त्र प्रहरीले संयुक्त रुपमा गएर नियन्त्रणमा लिएको छ ।
खोलामा ठेक्का नखुलेको अवस्थामा पनि अटेर गरेर ढुङ्गा, गिट्टी वालुवा निकाल्ने गरेको भन्दै स्थानीयले गुनासो गरेपछि शशस्त्र प्रहरी बल चोरमाराले विहिवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ना ५ ख ६९९९ , ना ५ ख ९१०१ नम्बरको ट्रिपरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारीलाई जिलला समन्वय समितीमा बुझाईएको र उनीहरुलाई कारवाही स्वरुप कानुन बमोजिम जरीवाना काटेर छाडिने प्रहरीले बताएको छ ।
यस्तै प्रहरीले बासाबसहिमा रहेको भलुही पानभार खोलाबाट अवैद्य रुपमा निकासी गरिरहेको ३ वटा ट्याक्टरलाई पनि नियन्त्रण लिएको जनाएको छ ।

नवलपरासीको कावाासेतीमा रहेको केरुङ्गे खोला, विनयी त्रिवेणीमा रहेको विनयी खोला, अरुणखोला, पथ्थरे खोला, भरही खोलालगायतका खोलाहरुबाट अहिले दिनहुँ जसो नदिजन्य पदार्थको अवैद्य निकासी भैरहेको स्थानीयको गुनासो छ । यस बारेमा पटक पटक प्रहरी प्रशाशनमा जानकारी गराउँदा समेत बेवास्ता गर्ने गरेको कावासोतीका एक जना स्थानीय शुरज ज्ञवालीले बताए ।

प्रहरी, प्रशाशनकै मिलेमतोमा नदिजन्य पदार्थको अवैद्य उत्खनन भैरहेको समेत ज्ञवालीले आरोप लगाएका छन् । ‘केरुङ्गे खोलाबाट रातभर ढुङ्गा, गिट्टी, बालुवा निकालिन्छ । रातभर टयाक्टर र ट्रिपर कराउदा सुत्न पाईदैन । प्रहरीलाई भन्यो प्रशाशनलाई भन्यो वास्तै गर्दैनन । पैसा खाएर सेटिङ्ग मिलाएका छन् नभए किन समाउदैनन ।’ उनले भने । जिल्ला समन्वय समिती नवलपरासीले अहिले खोलामा ठेक्का लगाएको छैन् ।

ठेकेदार, टयाक्टर व्यवसायी तथा क्रसर उद्यागीहरुले प्रहरी र प्रशाशनलाई घुस खुवाएर अवैद्य रुपमा निकासी गर्ने गरेको स्थानीयको आरोप छ । प्रहरी प्रशाशनलाई जानकारी गराउँदा समेत कुनै वारवाही नगर्नुले मिलेमतोमा काम भैरहेको प्रस्ट हुने ज्ञवालीको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार