• होमपेज
  • Hot news
  • शेयरले बनायो : करोडपतिबाट रोडपति

शेयरले बनायो : करोडपतिबाट रोडपति

  • शुक्रबार, अशोज ५, २०७५
शेयरले बनायो : करोडपतिबाट रोडपति

सुन्दा अचम्म लाग्ने हेर्दा साँच्चै हो कि जस्तो लाग्ने एउटा कथा बनेको छ । शेयर बजार आज भन्दा ५/६ वर्ष अगाडी नेपाली वित्तिय क्षेत्र शेयर खेलाडीहरुले चलाएका थिए । तर आज ती खेलाडी कहाँ छ के गर्देछन् अत्तोपत्तो नै छैन निर्मल प्रधान अमेरिका पुगेर अरु कहाँ छ । मंहगो मूल्यमा शेयर खरिद गरेका केही पात्रहरुको उठिबास भएको समाचार पनि बाहिर आएका छन् ।

विगत ३/४ वर्ष अगाडी राष्ट्र बैंकले बैं, विकास बैंक र फाइनान्स कम्पनीहरुको पूँजी चौगुना बृद्धि गर्ने निर्णयसँगै शेयर बजार लगातार घट्न पुग्यो । हकप्रद शेयर र लाभाशंको लोभले महँगोमा घर जग्गा बिक्री गरि शेयर खरिद गरेको समुह, वयक्ति अहिले बैंकको कर्जा तिर्न नसकेपछि करोडपतिबाट रोडपति बनेको घटना हामी सामु छन् ।

अझै पूँजी ८ अर्ब पुर्याउन बोनस शेयर दिने बैंकहरुको शेयर किनबेच बढेको छ । हालै एनएमबि बैंकको शेयर राम्रो पैसामा दोस्रो बजारमा बिक्री भएको छ । कुमारी बैंकको शेयर करिब तीन सहय नजिक छ । यी दुबैं बैंकले करिब ३० प्रतिशतको हाराहारीमा पूँजी पुर्याउन बोन शेयर दिने तयारी गरिरहेका छन् ।

करिब २/३ वर्ष अगाडी ९,९९९ मा किनबेच भएको स्टयाण्ड चाटण्र्ड बैंक नेपाल लिमिटेडको शेयर आज बजारमा ७ सय हाराहारीमा दोस्रो बजारमा किन्न पाइन्छ । नेपालकै ठूलो कम्पनी नेपाल लाईफ इन्स्यारेन्सको शेयर ५/६ हजार थियो । १ वर्ष अगाडी आज ९ सयमै बजारमा किन्न पाइन्छ । यी त उदाहरणमा मात्रै हुन ।

नाम (परिवर्तन) उमेश कुमार माडवाडीले राजतिलक साप्ताहिकलाई भनेः– मैले घर घडेरी बिक्री गरे ५ करोडको शेयर दोस्रो बजारबाट लिए आज मूल्य घटेर १ करोड भएको छ । अब म के बाँच्ने अवस्था नै छैन । उनी जस्ता हजारै शेयरका खेलाडी अहिले विहान बेलुका के खाने र बैंकहरुको कर्जा ब्याज कसरी तिर्ने भन्नेमा केन्द्रीत छन् ।

राष्ट्र बैंकको नेतृत्व समेत सम्हालेका हालका अर्थमन्त्री डा.युवराज खतिवडाको आगमनसँगै दिन प्रतिदिन शेयर घट्नुको कारण के हो । उनी शेयरका दुश्मन नै हुन र ? यो प्रश्नको उत्तर आज बजारले खोजी रहेको त होइन र ?

अर्को महत्वपूर्ण कुरा के छ भने विदेशमा रहेका नेपाली –एनआरएन)हरुलाई सरकारले बीगत तीन वर्ष शेयर किन्न दिने नेपाली धितोपत्र बोर्ड मार्फत तयार गरेपनि यस सम्बन्धि विधेयक अहिलेसम्म पास नभएको कारण लगानी गर्न कानुनी र नीतिगत आधार तयार भएको देखिदैन ।

यदि एनआरएनबाट ठूलो लगानी शेयर बजारमा आए फेरी शेयर बजारले पुन जन्म पाउने प्रस्टै छ ।

अर्को कुरा के छ भने अहिले शेयर बजार सस्तो भएको छ । २८ वाणिज्य बैंक मध्ये २५ अर्बपति क्लबमा पुगेर नाफा कमाएका छन् । के न केही त बोनस शेयर नै छ । त्यसकारण अत्तिहाल्नु पर्ने अवस्था नरहेको बैंकरहरुको ठम्याई छ ।

अहिले शेयर बजारको दोस्रो मार्केटमा किन्ने मान्छे छैन । बेच्ने पनि यति धेरै छैन । कारण हो लगानीकर्ता हेर र पर्खकै अवस्थामा छन् । राज्यले समयमै शेयर बजारलाई सम्बोधन नगरे भोली लगानीकर्ता पलायन हुने र वित्तिय क्षेत्र तहसनहस हुन पनि सक्दछन् ।

स्मरणीय होस् घरजग्गा, शेयर बजारकै कारोबार नभएपनि राजयकै कर कहाँबाट आउँछ । त्यसकारण घर जग्गा र शेयर बजारलाई संरक्षण गर्नु राजयको दायित्व हो कि होइन ?

पछिल्लो पटक बजारमा केही नयाँ कम्पनीहरुले शेयर बजारमा ल्याउने भएका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता आईपीओ आउने भएको जनाएको छ ।

अर्को आखुँखोला जलविद्युत कम्पनीको १२ लाख कित्ता आईपीओ आउने भएको छ । यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

सर्वसाधारणले लामो समयदेखि प्रतीक्षा गरेको अपर तामाकोशी हाइड्रोपावरको आईपीओ पनि आउने तयारीमा रहेको बुझिएको छ । भर्खरै आयोजनास्थल दोलखाबासीलाई आईपीओ जारी गरेको दशैंपछि बाँडफाँड गर्ने बताइएको छ । त्यसपछि आईपीओ जारी गर्ने तयारी रहेको बुभिएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष र सन्राइज क्यापिटल रहेका छन् ।
शिवम् सिमेन्टको सर्वसाधारणको लागि दोस्रो चरणमा आईपीओ आउने भएको छ । जसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीको शेयर भदौ ४ गतेदेखि असोज ७ गतेसम्मलाई खुल्ला गरिएको छ सिटी एक्सप्रेस फाइनान्सको १ बराबर १.६७ को अनुपातमा १६७ प्रतिशत हकप्रद निष्काशन गरेको छ । कम्पनीको शेयर भदौ १ गतेदेखि असोज ४ गतेसम्मलाई खुल्ला गरिएको थियो । जसको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रोगेसिभ फाइनान्स लिमिटेडको १ बराबर २.८१ को अनुपातमा २८१ प्रतिशतले हकप्रद निष्काशन गरेको छ । कम्पनीको शेयर भदौ ५ गतेदेखि असोज ८ गतेसम्म खुल्ला गरिएको छ । जसको बिक्री प्रबन्धक सन्राइज क्यापिटल रहेको छ ।
यी शेयर बजारमा आएपछि दोस्रो बजारका शेयरको कति घटबढ हुने हो त्यो भने हेर्न बाँकी छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि