• होमपेज
  • प्रविधि
  • अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आजदेखि राजधानीमा शुरु

अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आजदेखि राजधानीमा शुरु

  • सोमवार, अशोज २३, २०७४
अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आजदेखि राजधानीमा शुरु

काठमाडौँ, असोज २३ –

अभिव्यक्ति स्वतन्त्रताको प्रर्वद्धन र मिडियामा सीमान्तकृत समुदायको आवाज विषयक अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ ।

नेपाल पत्रकार महासंघ र इन्टरनेशनल अलर्टको आयोजनामा भएको उक्त सम्मेलनको उद्घाटन व्यवस्थापिका– संसद्की सभामुख ओनसरी घर्तीमगरले गर्दै लोकतन्त्रका विविध आयाममध्ये अभिव्यक्तिको स्वतन्त्रता एउटा मूलमन्त्र भएको बताउनुभयो ।

सभामुख घर्तीमगरले लोकतन्त्रलाई संस्थागत गर्दै समय सापेक्ष विकास गर्नको लागि अभिव्यक्तिको मुख्य साधन आमसंञ्चार माध्यम रहेको बताउनुभयो ।

उहाँले राज्यको अन्य तीन अंगले गर्ने कार्यसम्पादनलाई स्वतन्त्र ढंगले पर्गेल्ने मुख्य काम सञ्चार माध्यमले गरेकाले पनि आमसञ्चार माध्यमलाई राज्यको चाँैथो अंग मानिएको बताउनुभयो ।

मंसिरमा हुन गइरहेको प्रदेश र संघीय निर्वाचन पश्चात संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा हुने भन्दै उहाँले विभिन्न ऐन कानूनलाई संघीयता अनुकूल संशोधन र परिमार्जन गर्दै लानुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

उहाँले पछिल्ला समयमा पत्रकारमाथि हुने गरेको आक्रमण र हत्याजस्ता अप्रिय घटना न्यूनीकरण हँुदै गएको र यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको आभास भएको बताउनुभयो ।

सभामुख घर्तीमगरले संविधानले प्रेस स्वतन्त्रताको पूर्णरुपमा सुनिश्चत गरिसककेको बताउँदै सीमान्तकरणमा परेका वर्ग तथा समुदायको आवाजलाई मिडियाले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले संविधानले लेख्ने स्वतन्त्रता ग्यारेन्टी गरे तापनि यसलाई व्यवहारमा उतार्न चुनौती भएको विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता क्षेत्रलाई बलियो बनाउनुपर्ने भन्दै नेपाली मिडियाले सीमान्तकृत समुदायको आवाज उठाउन नसकेको टिप्पणी गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्रा। पी खरेलले संविधानमा मिडियाको स्वतन्त्रता धेरै भए तापनि कार्यान्वयन भने खासै नभएका धारणा व्यक्त गर्नुभयो ।

दुई दिने उक्त सम्मेलनमा कठीन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फसेन्सरसीप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडियालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, पाकिस्तानलगायत देशका पत्रकार तथा विज्ञहरुको सहभागिता रहेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने