मन्त्री विश्वकर्माद्वारा निरीक्षण
युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) लाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको आज निरीक्षण गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको उहाँले निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा राष्ट्रिय […]