• होमपेज
  • समाचार
  • सार्वजनिक लेखा समितिका सभापतिमा शाह

सार्वजनिक लेखा समितिका सभापतिमा शाह

  • शुक्रबार, अशोज ५, २०७५
सार्वजनिक लेखा समितिका सभापतिमा शाह

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका भरतकुमार शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।

समितिको आजको बैठकमा समिति सदस्य राजेन्द्रकुमार केसीले रुपन्देहीका शाहलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावमाथि अर्का सांसद मीना सुब्बाले समर्थन गर्नुभएको थियो । सो प्रस्तावलाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको छ ।

समितिको सभापतिका लागि पूर्वअर्थराज्यमन्त्री शाहको एक मात्र उम्मेदवारी परेको थियो । समितिका ज्येष्ठ सदस्य शरत्सिंह भण्डारीले सभापतिको उम्मेदवारीका लागि एक मात्र प्रस्ताव परेकाले शाह निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

बैठकमा ज्येष्ठ सदस्य भण्डारीले शाहलाई बधाई दिँदै समितिको उद्देश्यअनुसार भूमिका निर्वाह गर्न शुभकामना दिनुभयो । नवनिर्वाचित सभापति शाहले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधान र नियम कानूनअनुसार समितिका कामकारवाही प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाका १० वटै समितिका सभापति आज निर्विरोध निर्वाचित भएका छन् । दश समितिमध्ये आठ समितिको नेतृत्व प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा एक÷एक समितिको नेतृत्व काङ्ग्रेस र सङ्घीय समाजवादी फोरम नेपालले लिएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा