सभामुख महराद्वारा राजीनामा
सभामुख कृष्णबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाउनुभएको हो । सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताइएको छ । राजीनामापत्रमा उहाँले भन्नुभएको छ, ‘‘हिजो(सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान […]