• होमपेज
  • समाचार
  • गोकर्णेश्वरमा कविता महोत्सव फागुनमा

गोकर्णेश्वरमा कविता महोत्सव फागुनमा

  • बुधबार, माघ ८, २०७६
गोकर्णेश्वरमा कविता महोत्सव फागुनमा

नेपाल भ्रमण वर्षका अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय कविता प्रतियोगिता महोत्सव आयोजना गर्ने भएको छ । फागुन १६ गते आयोजना गरिने प्रतियोगितामा भाग लिन इच्छुक कवि एवं कवयित्रीलाई माघ मसान्तभित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखामा कविता बुझाउन आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

गोकर्णेश्वर नगरक्षेत्र पहिल्यैदेखि साहित्यिक केन्द्र भएकाले २६ पुरस्कार दिने गरी प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो । “आरुबारीमा विसं २०३१ देखि नै कवि गोष्ठी आयोजना गरिन्थ्यो, उपत्यकालगायत देशभरका मानिस यहाँको कवि गोष्ठीमा भाग लिन आउँथे, आख्यानकार रमेश विकलको सक्रियतामा हुने गरेको कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिएको हो”, उहाँले भन्नुभयो ।

भ्रमण वर्षका अवसरमा राष्ट्रिय कविता प्रतियोगिता महोत्सव आयोजना गर्ने विषयलाई नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमै उल्लेख गरेर कार्यक्रम गर्न लागिएको नगरप्रमुख चालिसेले सुनाउनुभयो । स्थानीय तहले साहित्यिक कार्यक्रमलाई पनि महत्व दिनसक्छ भन्ने अन्यलाई देखाउनसमेत कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

हास्यव्यङ्ग्यकार भैरव अर्यालको कर्मक्षेत्रसमेत गोकर्णेश्वर नै थियो । यही भूमिमा बसेर साहित्य साधना गर्नुभएका अर्याल नेपाली हास्यव्यङ्ग्य साहित्यिक क्षेत्रमा प्रसिद्ध हुनुहुन्छ । यसैगरी राजनीतिकरुपमा मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री भइसक्नुभएका साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको साहित्य साधनासमेत गोकर्णेश्वर क्षेत्रमै भएको थियो । कोइरालाका ‘दोषीचश्मा’ बाहेकका सबै कृति तत्कालीन सुन्दरीजल बन्दीगृहमै रचना भएका थिए ।

विसं २०१७ पुस १ गतेको शाही कूपछि सुन्दरीजलमा बन्दी बनाइनुभएका कोइरालाले यहीँबाट नेपाली साहित्यलाई दर्जनौँ कृति दिनुभएको थियो । गोकर्णेश्वर क्षेत्रमा हाल पनि सात साहित्यिक संस्था क्रियाशील छन् । ती संस्थाले नियमितरुपमा साहित्यिक कार्यक्रम गरेर यहाँको माहोल र भावी पुस्तालाई पनि साहित्यतिर आकर्षित गरेका छन् ।

ती संस्थालाई स्थानीय सरकारका तर्फबाट निरन्तर आर्थिकलगायत सहयोग नगरपालिकाले गरिरहेको छ । महोत्सव आयोजक समितिका संयोजक गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले प्रतियोगिता केन्द्रीय र प्रदेश गरी दुई तहमा हुने जानकारी गराउनुभयो । भाग लिने सबै कविता केन्द्रीयका हुनेछन् ।

त्यसमध्ये पाँच जनालाई पुरस्कृत गरेपछि बाँकी रहेकालाई सम्बन्धित प्रदेशगतरुपमा समेत मूल्याङ्कन गरी तीन÷तीन जनालाई पुरस्कृत गरिनेछ । प्रदेशगतरुपमा मूल्याङ्कन गर्न प्रत्येक प्रदेशको कम्तीमा १० वटा कविता सहभागी भएको हुनुपर्ने जनाइएको छ । कार्यक्रममा आयोजक समितिका सदस्य डा विदुर चालिसेले गोकर्णेश्वरको विगतदेखिको साहित्यिक विरासतलाई निरन्तरता दिन पनि महोत्सव आयोजना गरिएको बताउनुभयो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख एवं आयोजक समितिका सदस्य सचिव विजयप्रसाद आचार्यले नेपालको संविधान र कानूनविरुद्ध हुने गरी भने कविता लेख्न नपाउने गरी सूचना जारी गरिएको जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि