• होमपेज
  • समाचार
  • स्वदेशमा एक लाख २० हजारसम्म आम्दानी

स्वदेशमा एक लाख २० हजारसम्म आम्दानी

  • आइतवार, पुस २०, २०७६
स्वदेशमा एक लाख २० हजारसम्म आम्दानी

सर्लाही वाग्मतीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका वाग्मती नगरपालिका वडा नं १० शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ उत्पादन गरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन । उनले च्याउको बीउ बिक्री गरेर मासिक एक लाख २० हजार रुपैयाँ आम्दानी गर्छन् ।

दुई वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आइरहनुभएका उद्यमी चौलागाईँले दुई महिनादेखि आफैँ च्याउको बीउ उत्पादन गर्न शुरुआत गरेका छन ।  २५० ग्रामको दैनिक एक हजार कन्य च्याउको बीउका प्याकेट उत्पादन गरिरहेको उनले जानकारी दिए । उनका अनुसार यसअघि च्याउको बीउ लिनका लागि हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा यहाँबाट धाउनुपथ्र्यो ।

अहिले वाग्मतीमै च्याउको बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिकरुपमा च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ । उनले अहिले करिव रु ३० लाखमा च्याउ उत्पादन गर्ने उपकरण किनेका छन ।  उनले भने “ म दैनिक १ हजार च्याउको बीउको प्याकेट उत्पादन गर्छु ।”  स्थानीय बजारमा पनि च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न खासै बजारको समस्या नभएको उनको कथन रहेको छ ।

रु ४० रुपैयाँका दरले प्रतिप्याकेट स्थानीय कृषकलगायत सिन्धुली, रौतहट, महोतरीका किसान र कृषि ज्ञानकेन्द्र सर्लाहीलाई बीउ बिक्री गरिरहेको उनीले बताए । उनले च्याउको बीउ उत्पादन गर्ने काममा स्थानीय तीन जना युवालाई रोजगारी दिएका छन ।  यही व्यवसायको कमाइबाट  चार कठ्ठा जमिन जोडिसकेका छन ।

स्वदेशमै केही गरौ भनेर २०७४ सालदेखि व्यावसायिक च्याउखेती शुरु गरेको जानकारी दिए  । खासगरी चिसो मौसममा च्याउको खेती हुने गर्छ । उहाँले अझ बढी फाइदा लिनका लागि बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाई राख्न इयर कन्डिसनसमेत जडान गरिएको बताए । कृषि ज्ञानकेन्द्र मलङ्गवाका प्रमुख देवानन्द राय यादवले भने “रोजगारीका लागि विदेशमै जानुपर्छ भन्ने छैन ।  मेहनत र सीप भए स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । ”

विदेश जाने मोह बोकका युवाका लागि विदेशभन्दा राम्रो कमाई स्वदेशमै गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् वाग्मतीका ध्रुव चौलागाईं । उनले पछिल्लो समय सर्लाहीमा च्याउखेती गर्ने किसानको सङ्ख्या बढेको छ । च्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्घि भएको प्रमुख यादवले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार