युनाईटेड फाइनान्सको एक पटक ७ वटा शाखा
युनाईटेड फाईनान्स लिमिटेडले आज एकै साथ भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी तथा धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले एक समारोहका बिच गर्नु भयो । अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकहरुबाट सम्पन्न भयो । […]