• होमपेज
  • प्रविधि
  • प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने सम्झौता

प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने सम्झौता

  • बिहिबार, पुस ३, २०७६
प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने सम्झौता

प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने भएका छन्। नेपाल धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतिपत्र प्राप्त गरेका संस्थाहरू गाभिन लागेका हुन्।

गाभिने सम्झौतापत्रमा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धिका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका हुन्।

प्रभु बैकका अध्यक्ष देवीप्रकाश भट्टचन,सञ्चालकहरु रमेशसिंह खड्का, अम्बिका शर्मा लामिछाने र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लगायतको उपस्थितिमा सम्झौता भएको हो।

मर्जरपछि नाम प्रभु क्यापिटल लिमिटेड हुने छ। मर्जरपछि ८० करोड भन्दा बढी चुक्ता पुँजी हुने छ।

अहिले मर्चेन्ट बैंकरको संख्या ३१ छ। ठूलो पुँजीसहित सबल संस्थामार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्यसहित मर्जर गर्न लागिएको दुवै संस्थाले जनाएका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि