• होमपेज
  • कर्पोरेट
  • एनआइसी एसिया बैंकले पनि छाड्यो नेप्सको स्वीच

एनआइसी एसिया बैंकले पनि छाड्यो नेप्सको स्वीच

  • शुक्रबार, मंसिर २७, २०७६
एनआइसी एसिया बैंकले पनि छाड्यो नेप्सको स्वीच

एनआइसी एसिया बैंकले कार्ड प्रणालीलाई बलियो बनाउन भन्दै नयाँ स्वीच प्रयोगमा ल्याउने भएको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्य तोड्दै बैंकले आफ्नै स्वीच राख्न लागेको हो।

बैंकले एसटुएमको सेलेक्ट सिस्टम इएफटी स्वीच प्रयोग गर्न लागेको हो।

चिनियाँ ह्याकरले नेप्सको प्रणाली कब्जामा लिएर पैसा झिकेपछि बैंकले नेप्सलाई छाड्न लागेको हो। यसअघि प्रभु बैंकले पनि नेप्सलाई छाडेर स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) सँग सहकार्य थालेको थियो।

नेप्समा १८ वटा बैंक तथा वित्तीय संस्था आबद्ध थिए। अब एनआइसी र प्रभुले आफ्नो आबद्धता छाडेका छन्।

नेप्सले अहिलेसम्म पनि गल्ति कोबाट कसरी भयो भन्ने जानकारी दिन सकेको छैन। साथै नेप्सबाट चोरी भएको तथ्यांकहरू प्रयोग गरेर अर्को नक्कली कार्ड बन्ने खतरा उत्तिकै छ। त्यही भएर पनि बैंकहरुले धमाधम नेप्सलाई छाड्न थालेका हुन्।

एनआइसी एसियाले मोरक्कोको स्वीच प्रयोग गर्न लागेको छ। यससम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र  एसटुएमका उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन्।

आफ्नै स्वीच प्रयोगमा ल्याएपछि कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुने बैंकले जनाएको छ। स्वदेश तथा विदेशमा कार्डबाट हुने इकमर्स कारोबारलाई पनि सहज हुने विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि