• होमपेज
  • समाचार
  • अमेरिकी डलर महँगियो

अमेरिकी डलर महँगियो

  • आइतवार, भदौ २२, २०७६
अमेरिकी डलर महँगियो

संसारका धेरैजसो मुलुकमा साटिने विदेशी मुद्रा अमेरिकी डलर बलियो हुँदै गएको छ। नेपाली रुपैयाँ कमजोर र अमेरिकी डलर बलियो बन्दा विदेशबाट आयात हुने सामान महँगो हुने भएको छ।

पछिल्लो दुई महिनामा अमेरिकी डलरको भाउ पाँच रुपैयाँ २८ पैसा (४.८ प्रतिशत) महँगिएको छ । गएको २० असारमा राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विनिमय (बिक्री) दर एक सय नौ रुपैयाँ ७८ पैसा, थियो। तर २० भदौमा एक सय १५ रुपैयाँ ६ पैसा पुगेको छ।

गत बुधबार त डलरको भाउ एक सय १६ रुपैयाँ १५ पैसा पुगेको थियो। कुनै पनि मुद्राको छोटो समयमै यतिधेरै अवमूल्यन स्वाभाविक मानिन्न। एकै दिन डलरको सटहीदर एक रुपैयाँ ६० पैसासम्मको उतारचढाव देखिएको छ। नेपालको वैदेशिक व्यापारमा घाटा बढिरहेको बेला अमेरिकी मुद्रा महगिँदा यसले विकास आयोजनाको काममा प्रभाव पार्ने देखिन्छ ।

नेपाली रुपैयाँ कमजोर हुनुको कारण भारतीय रुपैयाँ बलियो नहुुनु हो। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु कमजोर हुनासाथ नेपाली रुपैयाँ पनि कमजोर र बलियो हुँदा बलियो हुने गरेको छ।

डरलको भाउ बढ्दा नेपाललाई फाइदा भन्दा बेफाइदा हुन्छ। डलर बलियो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स पाउनेलाई मात्र फाइदा हुन्छ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढी हुन्छ।

Facebook Comments

सम्बन्धित समाचार