• होमपेज
  • समाचार
  • चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

  • आइतवार, भदौ २२, २०७६
चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

नेपालको परराष्ट्र मन्त्रालयले पनि एक औपचारिक विज्ञप्ति जारी गर्दै मन्त्री ज्ञवालीको निमन्त्रणामा चिनियाँ विदेश मन्त्री वाङ ३ दिने भ्रमणका लागि नेपाल आउन लागेको उल्लेख गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउन लागेका हुन् । पाकिस्तान हुँदै नेपाल आउने आउने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।

विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन(काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।

मन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ भने सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुनेछ ।

समाचार स्रोतका अनुसार वाङको भ्रमण तालिका यस्तो रहेको छ
आईतबार अपरान्ह चार्टड प्लेनबाट ४ः२० बजे अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने छन् । विदेशमन्त्री वाङले सोमबार ४ बजेदेखी ४ः३० बजेसम्म आधा घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने तय भएको छ ।

वाङले साँझ ५ बजेर १० मिनेट सम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने तालिका तय भएको छ । त्यसपछि उनले नेपालका समकक्षी प्रदिप ज्ञवालीसँग साढे ६ बजेसम्म भेटवार्ता गर्नेछन् । सोमबार साँझ उनी परराष्ट्रमन्त्रीले दिएको रात्रीभोजमा सहभागि हुने कार्यक्रम तय भएको छ ।

मंगलबार विहान चिनियाँ विदेशमन्त्री वाङले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’सँग ९ः३० बजे सम्म भेटवार्ता गर्ने छन् । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ९ः३० देखी १० बजे सम्म भेट्ने तय भएको परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दियो । मन्त्री वाङ यी मंगलबार दिउसो १ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि