• होमपेज
  • देश
  • उमेश कुमार चौधरीको आवाजमा”मायाको गाउँमा सार्वजनिक

उमेश कुमार चौधरीको आवाजमा”मायाको गाउँमा सार्वजनिक

  • आइतबार, भदौ २२, २०७६

नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक उमेश कुमार चौधरीको आवाजमा सजिएको ”मायाको गाउँमा ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेममा बाधिएका प्रेमी प्रेमीकाको प्रेमील चाहनाहरुलाई गीतमा समेटिएको छ । आफनी मायालुको गाउँमा सपनाका सुनौलो सपनाहरुलाई साकार बनाउनको लागी निकै आतुर रहेका छन । कमल गजमेरको शब्द तथा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।

नवराज उप्रेतीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका भिडियो निर्देशक जसु याक्खाको निर्देशन भिडियोमा रहेको छ । ”मायाको गाउँमा ”गीतमा सर्वजित शाह र अनु पराजुलीको अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार