• होमपेज
  • म्यूजिक भिडियो
  • रीमा बिश्वकर्माको ‘जिन्दगी’ भिडियो सार्वजनिक

रीमा बिश्वकर्माको ‘जिन्दगी’ भिडियो सार्वजनिक

  • आइतबार, भदौ २२, २०७६

गायिका अनिता सुब्बाको स्वर रहेको गीत ‘जिन्दगी’को अफिसियल भिडियो रिलिज भएको छ । रिलिज भिडियोमा अभिनेत्री रीमा बिश्वकर्माले अभिनय गरेकी छिन् भने भिडियोलाई एलिन श्रेष्ठले निर्देशन गरेका हुन्, श्रेष्ठ चर्चित टिभी रियालिटी शो नेपाल आइडल अनि बुगी उगीका समेत निर्देशक हुन् ।

संगीतकार हरिश माथेमाको संगीत रहेको गीतको शब्द बिरेन्द्र सुवाल सिंहले लेखेका हुन् भने दिबेश मुल्मीले यो गीतको संगीत संयोजन गरेका छन् । शिवराम श्रेष्ठले छयांकन गरेको भिडियोमा माधव बेलबासेको सम्पादन रहेको छ । गीतको भिडियोले भोली जस्तो समय आएपनि आजको समयलाई सदुपयोग गरेर जिउनु पर्ने कुरा देखाउछ ।
गायिका अनिता सुब्बाले यसअघी पनि थुप्रै चर्चित गीतहरु गाईसकेकी छिन् ।

Facebook Comments

सम्बन्धित समाचार