• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथद्वारा “एक शिक्षक एक ल्यापटप” अभियानमा सहकार्य

मुक्तिनाथद्वारा “एक शिक्षक एक ल्यापटप” अभियानमा सहकार्य

  • बिहिबार, मंसिर १३, २०७५
मुक्तिनाथद्वारा “एक शिक्षक एक ल्यापटप” अभियानमा सहकार्य

नेपालका सरकारी, सामुदायिक तथा नीजि विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रबिधियुक्त विद्यालय बनाई श्रृब्यदृष्य समाग्री मार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंक लि. र आईसिटी ईन एजुकेशन नेपाल प्रा.लि.वीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईसिटीईन एजुकेशन नेपाल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक मोहन बहादुर राउतले हस्ताक्षर गर्नु गरेका छ । यस योजना अन्तर्गत सरकारी, सामुदायीक तथा नीजि विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्यापटप खरिदका लागि मुक्तिनाथ विकास बैंकले सरल प्रकृयामा कर्जा उपलब्ध गराउने छ ।

यो कर्जा मुक्तिनाथ विकास बैंक लि.को नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुबाट उपलब्ध गराईनेछ । यसबाट विद्यालय,शिक्षक र बिद्यार्थिहरु समेत लाभान्वित हुने र विद्यालयको शैक्षिक गुणस्तरमा प्रभावकारीता आउने अपेक्षा गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार