• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

  • बुधबार, मंसिर १२, २०७५
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको चन्द्रौटा शाखा कार्यालयले खुरखुरीया कपिलवस्तु स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ ।

बैंकले सरसफाइसम्बन्धी सामानहरु कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत कुल १५० विद्यार्थीहरुलाई वितरण गरेको थियो भने स्कुल ब्याग कक्षा १ देखि कक्षा ५ मा अध्ययनरत कुल ६५ जना विद्यार्थीहरुलाई प्रदान गरेको थियो । उक्त कार्यक्रममा बैंकले उल्लिखित विद्यालयका प्रत्येक कक्षाबाट एक जना आर्थिक स्थिति कमजोर भएको विद्यार्थी छानीे कुल १० जना विद्यार्थीहरुलाई स्कुलको पोसाक वितरण गरेको थियो ।

यसै गरी बैंकको थापाथली शाखा कार्यालयले मिति २०७५÷०७÷१९ गते दृष्टिविहीन व्यक्तिहरुको पुनस्र्थापन तथा सशक्तिकरण गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल दृष्टिविहीन कल्याण संघद्वारा पुनस्र्थापना तथा सशक्तिकरण सेवा पाइरहेका दृष्टिविहीन विद्यार्थीहरुलाई ब्रेल पेपर, टाइपोस्कोप तथा रिडिङ्ग प्याड प्रदान गरेको थियो । बैंकले शिक्षा नै सशक्तिकरणको मूल आधार भन्ने कुरालाई मध्यनजर गर्दै ती बालबालिकाहरुको पठन पाठनमा सहयोग स्वरुप उल्लिखित शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्घता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार