• होमपेज
  • अर्थ/वाणिज्य
  • दार्चुलाको हिकिलामा नेपाल इन्भेष्टमेण्टको शाखा विस्तार

दार्चुलाको हिकिलामा नेपाल इन्भेष्टमेण्टको शाखा विस्तार

  • बुधबार, मंसिर १२, २०७५
दार्चुलाको हिकिलामा नेपाल इन्भेष्टमेण्टको शाखा विस्तार

नेपाल इन्भेष्टमेण्ट बैंकले सुदूरपश्चिम जिल्ला दार्चुलामा शाखा विस्तार गरेको छ। प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८ औं शाखा विस्तार गरेको हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।

सदरमुकामबाट १९ किलोमिटरको दूरीमा रहेको अतिविकट क्षेत्र दुहु गाविसमा ११ हजार जनसंख्या बसोबास गर्छन् । तिङ्कार सडकखण्ड अन्तर्गत दुहुका स्थानीयको मुख्य पेशा जडीबुटी रहेको छ ।

साथै बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड रुपैयाँ लगानी गर्ने एक मात्र बैंक रहेको जनाएको छ ।

नौ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक.को १०७ वटा एटिएम पुगेको छ । बैंकको सञ्जालमा भिसा तथा एनपिएन सदस्य बैंकका एक हजार बढी एटिएम रहेका छन् भने ३ हजार बढी पिओएस टर्मिनल जडान भइसकेका छन् ।

बैंकको ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्र छन् । यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म “बैंक अफ द इयर” अवार्ड प्राप्त गरिसकेकोे छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि