• होमपेज
  • देश
  • जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

  • बिहिबार, मंसिर १३, २०७५
जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । सत्तारुढ दलका तर्फबाट उम्मेदवार हुनुभएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति हुनुभएको छ ।

करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा फ्रान्समा जन्मेकी पूर्व कुटनीतिज्ञ सालोमले करिब ६० प्रतिशत मत प्राप्त गर्नुभएको छ । राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो । तर, विपक्षी दलहरुले मतदानमा धाँधली भएको जनाउँदै सडक प्रदर्शन गर्ने बताएका छन् ।

एघार विपक्षी दलको गठबन्धनबाट उम्मेदवार हुनुभएका ग्राइगोल भाशाजले ४० प्रतिशत मत प्राप्त गर्नुभएको छ । हाल निर्वासनमा रहनुभएको पूर्व राष्ट्रपति मिखाइल साकासभिलीको नेतृत्वमा ११ दलको गठबन्धन निर्माण गरिएको थियो ।

यो निर्वाचनलाई जर्जियाको लोकतान्त्रिक अभ्यास र जनताको अभिरुचि परीक्षणका रुपमा पनि हेरिएको छ । जर्जियाले युरोपेली युनियन र नेटोको सदस्यताका लागि पहल गरिरहेको छ ।

साथै सन् २०२० मा हुने संसदीय निर्वाचनलाई समेत यस पटकको राष्ट्रपतीय निर्वाचनले प्रभाव पार्नेछ । उक्त चुनावमा सत्तारुढ जर्जियन ड्रिम पार्टीले धेरैवटा विपक्षी दलहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जर्जियन ड्रिम पार्टीले जुराबिशभिलीलाई राष्ट्रपतिका लागि समर्थन गरेको छ ।

नवनिर्वाचित ६६ वर्षीया जुराबिशभिली रुसी रेड आर्मीले जर्जियालाई रुसमा विलय गरेपछि सन् १९२१ मा पेरिसतर्फ निर्वासित भएका एकजना जर्जियाली शरणार्थीकी छोरी हुन् । उहाँ जर्जियाको स्वतन्त्र सांसद पनि हुनुहुन्थ्यो । पूर्व राष्ट्रपति साकाशभिलीले उहाँलाई विदेशमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

तर एक वर्ष नतिब्दै पार्टीभित्रको द्वन्द्वका कारण उहाँलाई विदेशमन्त्रीबाट हटाइएको थियो । उहाँको समर्थनमा हजारौंले राजधानी टिब्लीसीमा विरोध प्रदर्शन पनि गरेका थिए ।

गत अक्टोबर २८ मा भएको पहिलो चरणको चुनावमा जुराबिशीभिलीले ३९ प्रतिशत र अर्का उम्मेदवार भाशाजले ३८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

जर्जियामा ३५ लाख मतदाता रहेका छन् । निर्वाचनमा करिब ५६ प्रतिशत मतदान भएको थियो । रासस/एएफपी

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि