• होमपेज
  • समाचार
  • रोयल्टी भुक्तानी गर्न विभागको पत्राचार

रोयल्टी भुक्तानी गर्न विभागको पत्राचार

  • सोमवार, अशोज २२, २०७५
रोयल्टी भुक्तानी गर्न विभागको पत्राचार

विद्युत् विकास विभागले कानूनअनुसार रोयल्टी रकम नतिर्ने दुई जलविद्युत् आयोजनालाई सात दिनभित्र भुक्तानी गर्न पत्राचार गरेको छ । विद्युत् विकास विभागले शिवानी हाइड्रोपावर र युनिक हाइडेल प्रालिलाई नियमानुसार रोयल्टी रकम उपलब्ध गराउन अन्यथा नेपाल विद्युत् प्राधिकरणबाट हुने भुक्तानी रकमसमेत नहुने जानकारी दिएको छ ।

विभागले यही असोज १८ गते ती दुई कम्पनीलाई पत्र लेख्दै तत्काल विद्युत् रोयल्टी रकम तिर्न भनेको हो । विभागका अनुसार विद्युत् उत्पादन शुरु भएदेखि हालसम्म ती जलविद्युत् आयोजनाले रोयल्टी रकम तिरेका छैनन् ।

विद्युत् ऐन, २०४९ को दफा ११ को उपदफा १ तथा रोयल्टी दाखिलासम्बन्धी कार्यविधि बमोजिमको रकम बुझाउन आग्रह गरिएको हो । शिवानी हाइड्रोपावर कम्पनीले पाँच मेगावाट क्षमताको फावाखोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

यस्तै युनिक हाइडेलले ४.२ मेगावाट क्षमताकोे बाराम्ची जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । विभागले जलविद्युत् आयोजनाबाट रोयल्टी लिई प्रभावित क्षेत्रको विकासका काममा खर्च गर्दै आएको छ ।

विभागले विभिन्न ३९ कम्पनीका ५१ वटा परियोजनाबाट निश्चित रोयल्टी उठाउँदै आएको छ । विभागले आर्थिक वर्ष २०७२÷७३ सम्म रु आठ अर्ब ८५ करोड ५९ लाख ३२ हजार ८४५ बराबरको रोयल्टी वितरण गरिसकेको छ । विभागले आव २०६६÷६७ देखि रोयल्टी वितरण गर्दै आएको हो । रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने