नेपालीहरुको महान चाड दशैंमा आर्थिक कारोबार सहज र सुरक्षित बनाउनको निम्ती नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको तीन दिन विदा कटौती गरेको छ । विगतका वर्षहरुमा दशैंमा आठ दिन विदा हुने गरेको थियो । तर यस वर्षदेखि वाणिज्य बैंकहरु पाँच दिन मात्र बन्द हुने भएको छ ।
नयाँ सरकार गठनसँग अन्य सार्वजनिक विदाको कटौती गरेसँगै बैंकहरूको पनि गत बर्षहरुको भन्दा तीन दिन थप कटौती गरि पाँच दिन मात्र भएको हो ।
दशैंमा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा दिनमा सार्वजनिक विदा हुने गरेको थियो । यो बर्ष भने यी तीन दिन नै बैंकहरु खुला हुनेछन् ।
असोज ३० गते फूलपातिदेखि कात्तिक ३ गते एकादशीसम्म पाँच दिन मात्र सार्वजनिक विदा हुनेछ । भने एकादशीको भोलीपल्ट अर्थात कात्तिक ४ गते आइतबारदेखि भने बैंकहरुले पूरा कार्यालय समयमा बैंकहरु खुल्नेछन् ।
दीपावलीमा भने बैंकहरु ३ दिन बिदा हुनेछ । नेपाल राष्ट्र बैंकले २०७५ सालमा बैंकिङ क्षेत्रलाई ३६ दिन सार्वजनिक विदा निर्धारण गरेको थियो । राष्ट्र बैंकले पुरै दिन हुने बिदालाई ‘क’ वर्ग र आधा दिन हुने बिदालाई ‘ख’ वर्गमा दुई भागमा वर्गिकरण गरि विभाजन गरेको छ ।