• होमपेज
  • मनोरञ्जन
  • बिदाई कार्यक्रम सम्पन्न

बिदाई कार्यक्रम सम्पन्न

  • शुक्रबार, अशोज १९, २०७५
बिदाई कार्यक्रम सम्पन्न

तामाङ् कलाकार संघ जापानको अयोजनामा हुन लागेको नमस्ते साँझ २०१८ सास्कृतिक कार्यक्रममा जापानमा आएको प्राकृतिक विपत्तीका कारण उक्त सास्कृतिक कार्यक्रम रद्द भएको छ ।

कार्यक्रम रद्द भएसँगै सो कार्यक्रममा सहभागी कलाकारहरु लगायत अन्य व्यक्तिहरु बिच भेटघाट कार्यक्रम गरिएको थियो । उक्त भेटघाट कार्यक्रममा आयोजक पक्षले प्राकृतिक विपत्तीका कारण कार्यक्रम गर्न नसकेकोमा दुःख प्रकट गरे ।

उक्त कार्यक्रमका लागि नेपालबाट आउनुभएका चर्चित गायक टंक बुढाथोकी, अशुसेन लामाको एक कार्यक्रम विच टोकियो इस्थित रोयल गार्डेन रेस्टुरेन्टमा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा टंक बुढाथोकी नेपाल फकिर्ने र असुसेन लामा नेपाल तामाङ् समाज नागोयाको आयोजनामा हुनगइरहेको कार्यक्रम डम्फु सॉंझको लागी नागोया जाने बताए ।

कलाकारहरूले जापान अत्यन्तै रमाईलो रहेको र यहाँ नेपाली दाजुभाईले देखाउनु भएको अतिथि सत्कारले हामीहरुको मन जितेको बताए । जसले गर्दा अबका दिनहरुमा जापानमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुने बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार