• होमपेज
  • बीमा
  • नेपाल लाईफ र सिन्धु विकास बैंकबिच सम्झौता

नेपाल लाईफ र सिन्धु विकास बैंकबिच सम्झौता

  • शनिबार, अशोज १३, २०७५
नेपाल लाईफ र सिन्धु विकास बैंकबिच सम्झौता

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र सिन्धु बिकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा सिन्धु विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले नेपाल लाइफ इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार