• होमपेज
  • विकास
  • साना घर निर्माण गर्नेलाई निःशुल्क नक्सा बनाइदिइने

साना घर निर्माण गर्नेलाई निःशुल्क नक्सा बनाइदिइने

  • शनिबार, अशोज १३, २०७५
साना घर निर्माण गर्नेलाई निःशुल्क नक्सा बनाइदिइने

हेटौँडा उपमहानगरपालिकाले साना खालका घर निर्माण गर्ने नागरिकलाई निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरिएको छ ।

अभियानअन्तर्गत अहिलेसम्म ४०० निवेदन परिसकेको उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

सो अवसरमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले हेटौँडा अस्पतालमा निःशुल्क रुपमा मिर्गौला डायलासिस गर्नका लागि काम शुरु गर्न लागिएको बताउँदै मिर्गौला डायलासिसका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाउनका लागि उपमहानगरपालिकाले हेटौँडा अस्पताल सँगको सहकार्यमा सो अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

हेटौँडामा भ्यू टावर सहितको सफा, सुन्दर र ठूलोे बसपार्क निर्माण गरिने योजना रहेको बताउँदै उहाँले स्वदेशी उत्पादनलाई प्रवद्र्धन हुनेगरी मेला महोत्सव गर्ने कार्यलाई प्रोत्साहन गर्ने नीति उपमहानगरपालिकाको रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रमुख महतले विभिन्न खालका दुई दर्जन भन्दा बढी सिफारिश निःशुल्क रुपमा गर्ने गरेको चर्चागर्दै उपमहानगरपालिकाले निर्माण गरेका सडकलाई फराकिलो पार्ने र त्यहाँ फलफूल लगाउने काम जारी राखेको बताउनुभयो ।

उपमहानगरपालिकाले कभर्डहल निर्माणमा रु डेढ करोडभन्दा बढी खर्च गरिसकेको उल्लेख गर्दै उहाँले टाटा सुमो व्यवस्थापन, मोटरसाइकल पार्किङ व्यवस्थापन, कान्तिलोक पथमा रोड डिभाइडर, वृक्षरोपण तथा सडक पेटीमा पुष्प बगैँचा निर्माणलगायत महत्वपूर्ण काम गरिएको बताउनुभयो ।

आम्दानी रु एक अर्ब ४२ करोड 
उपमहानगरपालिकाले गत आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी कूल रु एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार आम्दानी गरेको छ । तीमध्ये रु एक अर्ब २४ करोड तीन लाख बाह्य र रु १८ करोड ९२ लाख ८९ हजार आन्तरिक आम्दानी गरेको छ । कूल आम्दानीमध्ये उक्त अवधिमा रु एक अर्ब १५ करोड नौ लाख खर्च गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

यसैगरी गत आवमा सानाठूला योजना गरी ४६८ वटा योजना सम्पन्न भएका छन् । तीमध्ये सामाजिक विकासतर्फ १३७ वटा योजना सम्पन्न भएको उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि