• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकको एकै दिन चार नयाँ शाखा

मुक्तिनाथ विकास बैंकको एकै दिन चार नयाँ शाखा

  • शनिबार, अशोज १३, २०७५
मुक्तिनाथ विकास बैंकको एकै दिन चार नयाँ शाखा

आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिराह जिल्लाको लाहन, गोलबजार र मिर्चैया तथा सर्लाही जिल्लाको लालबन्दी गरी चार शाखा कार्यालय विस्तार गरेको छ ।

लाहन शाखाको समुद्घाटन जिल्ला उद्योग वाणिज्य संघ, लाहनका अध्यक्ष सुनिल कुमार महतो, गोलबजार शाखाको समुद्घाटन गोलबजार नगरपालिकाका मेयर बेदनाथ शाह, मिर्चैया शाखाको समुद्घाटन मिर्चैया नगरपालिकाका मेयर सर्वण कुमार यादव, तथा लालबन्दी शाखाको समुद्घाटन लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्काले गर्नुभयो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गर्नु भयो ।

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री तारा मानन्धर, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १७ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ए.टि.एम.कार्ड सेवा, ए.बि.बि.एस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा