• होमपेज
  • समाचार
  • राजमार्गका होर्डिङ बोर्ड हटाउन शुरु

राजमार्गका होर्डिङ बोर्ड हटाउन शुरु

  • शनिबार, भदौ ९, २०७५
राजमार्गका होर्डिङ बोर्ड हटाउन शुरु

पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ ।

पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि नगरपालिका आफँैले त्यस्ता प्रचार सामग्री हटाउन शुरु गरेको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताउनुभयो ।

सडक ऐन २०३१ ले निर्धारण गरेको मापदण्डअनुसार राजमार्गको दायाँबायाँ २५÷२५ मिटरलाई सडक क्षेत्र मानिए पनि सो क्षेत्र अतिक्रमण गरेर जथाभावी घरटहरा बनाइनुका साथै होर्डिङ बोर्ड राख्ने गरिएकाले नगरपालिकाले प्रहरी र विद्युत्का कर्मचारी परिचालन गरेर पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो ।

नगरपालिकाले त्यस्ता होर्डिङ बोर्ड हटाउन माइकिङ गरी दुई साताको समय दिँदा पनि अटेर गरिएको हुँदा नगरपालिका बाध्य भएर आफैँ हटाउन लागिपरेको नगर प्रहरी दिनेश गुरागाईंले बताउनभयो ।

आठ स्थानीय तह खुला दिशामुक्त 
झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाको रूपमा बिर्तामोड नगरपालिका शुक्रबारबाट खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । बिर्तामोडमा विशेष कार्यक्रम आयोजना गरी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सो घोषणा गर्नुभएको हो ।

सर्वेक्षणअनुसार १७ हजार ८ सय ९४ घरधुरी रहेको उक्त नगरपालिकामा ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रमको सहयोगमा वडा नं १ देखि ६ सम्म ९साविक बिर्तामोडमा० मानव विकास केन्द्र र वडा नं ७ देखि १० सम्म ९साविक गरामनी० सहारा नेपालले खुला दिसामुक्त अभियानका लागि सहजीकरण गरेको थियो ।

पन्ध्र स्थानीय तह रहेको झापामा बुद्धशान्ति, कमल, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा कनकाइ, शिवसताक्षी र अर्जुनधारा नगरपालिका यसअघि नै खुला दिसामुक्त घोषणा भइसकेका छन् ।

बाँकी रहेका झापा गाउँपालिका र गौरादह, दमक नगरपालिका, कचनकवल गाउँपालिका तथा मेचीनगर नगरपालिकामा पनि सो अभियान अन्तिम चरणमा पुगिसकेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताउनुभयो । सदरमुकामसमेत रहेको भद्रपुर नगरपालिकामा बढी चर्पी बनाउन बाँकी रहेको समितिका अध्यक्ष पोर्तेलले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार