• होमपेज
  • कृषि
  • तरकारीको मूल्यमा घट्यो

तरकारीको मूल्यमा घट्यो

  • शनिबार, भदौ ९, २०७५
तरकारीको मूल्यमा घट्यो

बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो ।

पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । किसानबाट उपभोक्तासम्म आइपुग्दा चार गुणासम्म मूल्य तिर्न बाध्य भएको भन्ने गुनासो आएपछि गत सोमबार बिहान ३ बजे अनुगमन टोली तरकारी बजार पुगेको थियो ।

गत सोमबार बिहान अनुगमनका लागि खटिएको सरकारी टोलीले जानकारी नै नदिई अनुगमन गर्न आएको भन्दै तरकारी व्यवसायीले विरोध गरी केहीबेर मूल गेट बन्द गरी अनुगमनकर्तालाई थुनेका थिए ।

सोही दिन गरेको अनुगमनका क्रममा दुई तरकारी गाडीलाई कहाँबाट ल्याएको, कति मूल्यको हो, खरीद मूल्य कति र बिक्री मूल्य कति भनी अनुगमनकर्ताको प्रश्नमा व्यवसायीले उत्तर दिन नसकेपछि ती दुवै गाडीलाई नियन्त्रणमा लिइएको थियो ।

तरकारी गाडी नियन्त्रणमा लिएको भन्दै व्यवसायीहरुले नाराबाजी शुरु गरेका हुन् । एक जना व्यवसायीलाई पक्राउ पनि गरिएको थियो । व्यवसायीको नाराबाजीका कारण कालीमाटी बजार क्षेत्र तनावग्रस्त बनी सोमबारदेखि बुधबार बिहानसम्म खुल्न सकेको थिएन । सरकारले किसान र उपभोक्ताबीचकोे मूल्य कायम राख्न दबाब दिएपछि बुधबार दिउँसोदेखि खुलेको तरकारीको मूल्यमा कमी आएको विभागका अनुमगन अधिकृत ढुण्डिराज पोखरेलले जानकारी दिनुभयो ।

यसअघि औपचारिक रुपमा अनुगमन गरे पनि प्रभावकारी हुन सकेको थिएन । यही भदौदेखि लागू भएको नयाँ कानूनले भने उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई कारवाही गर्न बाटो खोलिदिएकाले नियमबाहिर रहेको कोही पनि ओझेलमा नपर्ने विभागले दाबी गरेको छ । टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायतका जिल्लामा पुगेर किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे अनुसन्धान गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि