• होमपेज
  • समाचार
  • शेयर कर्जामा बैंकहरूको दादागिरी

शेयर कर्जामा बैंकहरूको दादागिरी

  • मङ्लबार, साउन १५, २०७५
शेयर कर्जामा बैंकहरूको दादागिरी

नेपालका २८ वाणिज्य बैंकहरूमध्ये अधिकांश बैंकले शेयर धितो राखी कर्जा प्रवाह गरेका छैनन् । नेपालका २८ वाणिज्य बैंकमध्ये करिब २३ वटा वाणिज्य बैंकले झिनो मात्रामा शेयर धितो राखी कर्जा दिएको भेटिएको छ ।

प्राइम बैंक, हिमालयन बैंक, एनबी बंैक, सिटिजन्स बैंकले धितो कर्जामा अत्यन्तै कम शेयर कर्जा दिएका छन् । यस्तै एनआईसी एशिया, राष्ट्र वाणिज्य बैंक, एनसीसी बैकले सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गरेको भेटिएको छ । एनआईसी एशिया, एनसिसि र राष्ट्रिय वाणिज्य बैंकले १२ प्रतिशतमा शेयर कर्जा दिएका छन् भन्ने अरू २५ वटा बैंकले १४/१५ प्रतिशत ब्याजदरको हाराहारीमा कर्जा दिएको भेटिएको छ ।

हालै राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति अनुसार वाणिज्य बैंकहरूले आफ्नो पूँजीको मात्रै २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ । अघिल्लो मैद्रिक नीतिमा ४० प्रतिशत थियो । शेयरको भाउ घटेपछि बैंकहरूले खासै शेयर कर्जामा चासो देखाएका छैनन् । स्मरणीय होस् एक जमानामा शेयर धितो कर्जा दिनका लागि बैंहरूले तछाडमछाड गर्ने गरेका थिए । लगातार शेयर बजार घटेपछि बैंकहरू शेयर कर्जा प्रवाह गर्न पछि हटेको देखिन्छ ।

राष्ट्र बैंकले शेयर धितो कर्जा छुट दिए पनि बैंकहरूले त्यसतर्फ खासै चासो नदेखाउनुले लगानीकर्ताहरूलाई पीडामाथि पीडा थपिएको प्रस्टै छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार