• होमपेज
  • पर्यटन
  • पाँचपोखरीमा केबलकार निर्माणको पहल

पाँचपोखरीमा केबलकार निर्माणको पहल

  • मङ्लबार, साउन १५, २०७५
पाँचपोखरीमा केबलकार निर्माणको पहल

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ ।

भोताङको छिञ्जी देउरालीबाट लौरीबिनासम्म राखिने केबलकारको लम्बाइ ६.५ किमी हुनेछ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ । पाँचपोखरी क्षेत्र समुद्री सतहबाट चार हजार १५१ मिटरको उचाइमा पर्दछ ।

केबलकार निर्माण गर्न झण्डै रु दुई अर्ब लाग्ने अनुमान छ । त्यसका लागि त्रिपक्षीय लगानीको आवश्यक पर्ने हुँदा एक घर एक शेयरको अनिवार्य व्यवस्था गरी गाउँपालिका र निजी कम्पनीलाई आह्वान गरिने केबलकार व्यवस्थापन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष ङिमछिरिङ तामाङले बताउनुभयो । उहाँका अनुसार पाँचपोखरी क्षेत्रको पर्यटन व्यवस्थापनको लागि चालू आवमा प्रदेश नं ३ बाट रु ५० लाख छुट्याइएको छ ।

प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि विभिन्न केबलकार प्रदायक कम्पनीसँग सम्पर्क गरिएको र विशेष गरी कुमारी बैंकले लगानीको लागि अभिरुची देखाएको गाउँपालिकाका प्राविधिक सहायक कुमार बस्नेतले जानकारी दिनुभयो ।

हरेक वर्षको जनैपूर्णिमाको अवसरमा भव्य भेला लाग्ने पाँचपोखरीमा यसपालादेखि पोखरी क्षेत्रमै व्यवस्थितरुपमा साउन १ गतेदेखिनै तीन होटेल सञ्चालनमा आएको छ । अन्य अस्थायी टहरा पनि बनाइएको छ । यार्सा टिप्ने सिजनमा २५ र हाल २० जना विदेशी आठ आन्तरिक पर्यटक पाँचपोखरी पुग्ने गरेको बस्नेत बताउनु हुन्छ ।

पाँचपोखरी पुग्न काठमाडौँबाट मेलम्ची–तिपेनी हुँदै भोताङसम्म यात्रु बस सञ्चालनमा आएपछि वर्षाको समयमा तिपेनीसम्म मात्र यातायात सञ्चालनमा छ । त्यहाँदेखि भोताङसम्म र भोताङदेखि पाचँपोखरीसम्म भने झण्डै दुई दिनको उकालो हिँड्नु पर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा