• होमपेज
  • समाचार
  • ललितपुरको सानेपामा लक्ष्मी बैंकको नयाँशाखा

ललितपुरको सानेपामा लक्ष्मी बैंकको नयाँशाखा

  • सोमवार, साउन १४, २०७५
ललितपुरको सानेपामा लक्ष्मी बैंकको नयाँशाखा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडौं उपत्यका ललितपुरको सानेपामा १७औं नयाँशाखा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेष गरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको साथलक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९५ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गदैृ आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार