रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट निर्वाचित सञ्चालक समितिले अध्यक्षमा तारा चन्द केडियालाई सर्वसम्मत रुपमा चयन गरेको छ । अन्य सञ्चालकहरुमा भारत कुमार तोदी, जगदीश कुमार अग्रवाल , अमित कुमार बेगानी तथा सुन्दर कंँडेल रहेका छन् ।
साधारण सभामा अध्यक्ष तारा चन्द केडियाले आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो बैठकले सञ्चालक समितिको आव २०७३/७४ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०६४÷६५ देखि आव २०७३/७४ सम्मको वासलात, नाफा नोक्सान हिसाब रहेको छ ।
नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आव २०६४/६५ देखि आव २०७३/७४ सम्मको लागि सञ्चालक समितिबाट नियुक्त विभिन्न लेखापरीक्षकहरुको नियुक्ति एवम् पारिश्रमिक, कम्पनीको आव २०७४/०७५ को लागि लेखापरीक्षक नियुक्तिलगायत ६३ करोड बराबरको साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
नवनियुक्त अध्यक्ष तारा चन्द केडियाले बिहीबार मा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष पद तथा गोपनीयताको सपथ लिई पदभार ग्रहण गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स सिद्धार्थ बैंक र अन्य व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो ।
हाल यस कम्पनीले ५ वटा जीवन बीमा योजनाबाट कम्पनीद्वारा हाल मेरो मुटु बाल योजना, सुखमय जीवन (सवाधिक तथा आजीवन), सुरक्षित जीवन (सवाधिक), धन फिर्ता (१५ र २० वर्ष), जीवन शान्ति बीमा योजना छन् । त्यस्तै कम्पनीले हालै ७, ११ र १८ घातक रोगहरु विरुद्धको रक्षावरण र सामूहिक म्यादी बीमा योजना पनि अघि ल्याएको छ । कम्पनीले निकट भविष्यमा थप ३ वटा बीमा योजना अघि ल्याउने तयारी गरिरहेको जनाएको छ ।