• होमपेज
  • अर्थ/वाणिज्य
  • ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा थप सुविधा

ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा थप सुविधा

  • शुक्रबार, साउन ११, २०७५
ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा थप सुविधा

ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई नयाँ रुपमा ल्याएको छ । बैंकले शुक्रबारदेखि ग्लोबल स्मार्टलाई परिमाजन गरेको हो ।

अद्यावधिक गरिएको मोबाइल बैंकिङ कारोबारको सहजताको लागि व्यक्तिगत क्यूआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ । यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछापमार्पmत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणालीसमेत अपनाइएको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ ग्लोबल स्मार्ट सुविधाअन्तर्गत ग्राहक स्वयम्ले बैंकमा नगइकन आफैं उक्त सेवा सुचारु गर्न सक्ने सुविधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिनेछ ।

त्यसैगरी फोनेपीको नेटवर्कमा रहेका विभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने बिशेषता थप गरिएको छ । थप गरिएका अन्य विशेषतामा अकाउन्ट ड्यासबोर्ड र क्यालेन्डर इन्ट्रिगेसन सुविधा पनि रहेको छ ।

यसअघि ग्लोबल स्मार्टमार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आइएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शूल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न, मोबाइल रिचार्ज गर्ने तथा आफ्नो नजिकमा रहेको शाखा तथा एटीएम पत्ता लगाउन, आफू रहेको स्थानको लोकेसन म्याप हेर्न र बैंकको सेवा सुबिधा तथा अन्य सम्पूर्ण जानकारी लिन सक्ने सुबिधा रहेको थियो। ग्राहकले गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करणलाई अद्यावधिक गरी यो सेवा उपभोग गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार