• होमपेज
  • बीमा
  • रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोडको आईपीओ निकाल्ने

रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोडको आईपीओ निकाल्ने

  • शुक्रबार, साउन ११, २०७५
रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोडको आईपीओ निकाल्ने

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट निर्वाचित सञ्चालक समितिले अध्यक्षमा तारा चन्द केडियालाई सर्वसम्मत रुपमा चयन गरेको छ । अन्य सञ्चालकहरुमा भारत कुमार तोदी, जगदीश कुमार अग्रवाल , अमित कुमार बेगानी तथा सुन्दर कंँडेल रहेका छन् ।

साधारण सभामा अध्यक्ष तारा चन्द केडियाले आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो बैठकले सञ्चालक समितिको आव २०७३/७४ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०६४÷६५ देखि आव २०७३/७४ सम्मको वासलात, नाफा नोक्सान हिसाब  रहेको छ ।

नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आव २०६४/६५ देखि आव २०७३/७४ सम्मको लागि सञ्चालक समितिबाट नियुक्त विभिन्न लेखापरीक्षकहरुको नियुक्ति एवम् पारिश्रमिक, कम्पनीको आव २०७४/०७५ को लागि लेखापरीक्षक नियुक्तिलगायत ६३ करोड बराबरको साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

नवनियुक्त अध्यक्ष तारा चन्द केडियाले बिहीबार मा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष पद तथा गोपनीयताको सपथ लिई पदभार ग्रहण गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स सिद्धार्थ बैंक र अन्य व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो ।

हाल यस कम्पनीले ५ वटा जीवन बीमा योजनाबाट कम्पनीद्वारा हाल मेरो मुटु बाल योजना, सुखमय जीवन (सवाधिक तथा आजीवन), सुरक्षित जीवन (सवाधिक), धन फिर्ता (१५ र २० वर्ष), जीवन शान्ति बीमा योजना छन् । त्यस्तै कम्पनीले हालै ७, ११ र १८ घातक रोगहरु विरुद्धको रक्षावरण र सामूहिक म्यादी बीमा योजना पनि अघि ल्याएको छ । कम्पनीले निकट भविष्यमा थप ३ वटा बीमा योजना अघि ल्याउने तयारी गरिरहेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)