• होमपेज
  • कृषि
  • तीन करोड ५१ लाखको लागतमा डिप ट्युबवेल

तीन करोड ५१ लाखको लागतमा डिप ट्युबवेल

  • शुक्रबार, साउन ४, २०७५
तीन करोड ५१ लाखको लागतमा डिप ट्युबवेल

भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत चार जिल्लामा यसवर्ष रु तीन करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ । कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४÷७५ मा मोरङका लेटाङ, झापाको अर्जुनधारा, सुनसरीको पानवारीमा एक÷एक वटा डिप ट्युबवेल निर्माण भएको ।

त्यस्तै आव २०७३÷७४ मा शुरु भई गत आव २०७४÷७५ मा सुनसरीको जलुवा, मोरङको लेटाङ, वैजनाथपुर र इलामको चुलाचुलीमा पनि एक÷एक वटा डिप ट्युबवेल निर्माण कार्य सम्पन्न भएको छ ।

डिप ट्युबवेलको निर्माणबाट अर्जुनधारा, पानबारी, जलुवा, लेटाङ, बैजनाथपुर र चुलाचुलीमा ४०÷४० हेक्टर जमीनमा सिँचाइ हुने बताइएको छ । कार्यालयका अनुसार सुनसरीको जब्दीमा जमीन खन्न समस्या भएपछि आव २०७४÷७५ मा निर्माण गरिने डिप ट्युबवेल चालु आव २०७५/७६ मा निर्माण हुनेछ ।

यस्तै, समृद्ध तराई–मधेश विशेष कार्यक्रमअन्तर्गत डिप ट्युबवेल निर्माणका लागि आएको रु एक करोड ३१ लाख डिप ट्युबवेल निर्माणमा खर्च भएको छ । डिप ट्युबवेल निर्माणपछि विद्युत, ओभरहेड ट्याङक तथा वितरण प्रणालीलगायतका प्राविधिक कार्य भइरहेको छ । उक्त कार्यालयअन्तर्गत चार जिल्लामा स्यालो तथा डिप ट्युबवेल निर्माण गर्ने कार्यक्रम भए पनि स्यालो ट्युबवेल निर्माण कार्यक्रम स्थानीय तहमा गएकाले डिप ट्युबवेलको काम मात्र भएको कार्यालय प्रमुख लौडारीले बताउनुभयो ।

चार जिल्लामा एक हजार ५०६ स्यालो ट्युबवेल निर्माण गर्ने कार्यक्रम रहेकामा ती कार्यक्रम स्थानीय तहमा गएपछि जडान हुन सकेको छैन । स्थानीय निकायमा अन्योलतालगायतका प्राविधिक समस्याका कारणले स्यालो ट्युबवेल निर्माण हुन नसकेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)