• होमपेज
  • कृषि
  • मलको बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित

मलको बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित

  • शुक्रबार, साउन ४, २०७५
मलको बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित

कैलालीको पूर्वी भेगको बौनिया बजारमा सरकारको अनुदानित रासायनिक मलको बिक्री केन्द्र स्थापना भएसँगै स्थानीय किसान उत्साहित भएका छन् । गाउँमा मलको बिक्री केन्द्र स्थापना भएपछि मल खरिद गर्न सदरमुकाम धनगढी धाउनुपर्ने बाध्यता हटेकाले किसान उत्साहित भएका प्रतापपुरको किसान बहुद्देश्यीय सहकारी संस्थाका जयनारायण चौधरीले बताउनुभयो ।

यसअघिसम्म अनुदानित मल खरिद गर्न सदरमुकाम धनगढी धाउनुपर्दा समय बढी लाग्ने, खर्चिलो र झन्झटिलो हुने गरेको थियो । बौनिया बजारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड क्षेत्रीय कार्यालय धनगढीको पहलमा अनुदानित रासायनिक मलको बिक्री केन्द्र स्थापना गरिएको हो ।

“अनुदानको मल बिक्रीका लागि बौनिया बजारमा बिक्री केन्द्र स्थापना गरेका छौँ”, कार्यालयका सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले भन्नुभयो, “बिक्री केन्द्र स्थापनाबाट समयमै र सहजरुपमा मल प्राप्त हुने भई किसान लाभान्वित भएका छन् ।”

साल्ट ट्रेडिङले क्षेत्रीय कार्यालय धनगढी र महेन्द्रनगरको उपशाखा कार्यालयमार्फत पनि अनुदानित मल बिक्री गर्दै आएको छ । कार्यालयका सहायक महाप्रबन्धक पाण्डेले आव २०७४÷७५ मा अनुदानको युरिया आठ हजार ४५९ मेट्रिक टन, डिएपी तीन हजार १६६ मेट्रिक टन र पोटास २१६ मेट्रिक टन मल बिक्री गरिएको जानकारी दिनुभयो ।

यस्तै उक्त अवधिमा गैरअनुदानित मल सिंगल सुपरफस्पेट (एसएसपी) एक हजार ५६६ मेट्रिक टन र एमोनियम सल्फेट ४६ मेट्रिक टन बिक्री भएको बताइएको छ । अनुदानित मलको कूल परिमाणको ३० प्रतिशत मल साल्ट ट्रेडिङले र बाँकी ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थमार्फत बिक्री वितरण गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि