• होमपेज
  • समाचार
  • प्राइम कमर्सियल बैंकको भवन निर्माणमा घोटला भएको छैनः प्रवक्त तुलाधर घोटला भएकोले छानवीन गरिपाउँः पूर्व सञ्चालक

प्राइम कमर्सियल बैंकको भवन निर्माणमा घोटला भएको छैनः प्रवक्त तुलाधर घोटला भएकोले छानवीन गरिपाउँः पूर्व सञ्चालक

  • शुक्रबार, साउन ४, २०७५
प्राइम कमर्सियल बैंकको भवन निर्माणमा घोटला भएको छैनः प्रवक्त तुलाधर घोटला भएकोले छानवीन गरिपाउँः पूर्व सञ्चालक

प्राइम कमर्सियल बैंकको कमलपोखरी स्थित निर्माण भएको बैंकको करर्पोरेट भवन बनाउँदा ९ करोड घोटला भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई सम्बोधन गरि परेको उजुरीहरुको आधारमा हामीले समाचार तयार पारेका हौं ।

हाम्रो नियत बैंक र बैंकका सञ्चालक, उच्च कर्मचारी, सीइओहरुलाई बदनाम गराउने मनसाय होइन । उजुरीकै आधारमा उजुरीमानै भनिएका कुरा जनतालाई सू–सूचित गर्ने दायित्व हाम्रो हो । प्राइम बैंकका प्रवक्ता भाइराजा तुलाधरले उजुरीको हवला दिँदै समाचार आएको भनी खण्डन पठाएपछि हामीले बाध्य भएर उजुरीका कपि नै प्रकाशन गरेका छौं ।

सत्यता के हो ? त्यो हामीले छानवीन गर्ने होइन । राष्ट्र बैंक र अख्तियारमा परेको उजुरी प्रमाण हामीसँग सुरक्षित हुँदा हामीले समाचार दिने हो ।

समाचारमा आएका कुरा राष्ट्र बैंक र अख्तियारले उजुरी उपर छानवीन पछि सत्य तथ्य बाहिर आउँला नै । के पत्रकारले उजुरीमा भएका कुरा सार्वजनिक गर्नु अपराध हो ?

बैंकका सीइओ र राष्ट्र बैंकका प्रवक्ताको प्रतिक्रिया लिई समाचार सार्वजनिक गरेका छौं । आफुखुशी मनगणन्ते समाचार दिएका छैनौं । यसबाट सम्बन्धित बैंक र बैंकका सीइओ, उच्च अधिकृत, बैंकका अध्यक्ष, पूर्व अध्यक्ष र सञ्चालकहरुलाई पर्न गएको आरोप नै हो भने हामी क्षमा प्रार्थी छौं तर हामीले उजुरी भित्रका कुरालाई सार्वजनिक गरेका हौं । कसैको चरित्र माथी प्रश्न हामीले उठाएका छौनौं ।

उजुरीकर्ताहरुले भवन निर्माणमा घोटला भएको भन्दै अख्तियार र राष्ट्र बैंकमा उजुरी दिएका छन् । भने, बैंकका प्रवक्ता भाईराजा तुलाधरले घोटला भएको छैन । समाचारमा आएका सबै कुरा असत्य र झुटा हुन् भनेका छन् । हो वा होइन हामीलाई चासोको विषय होइन । उजुरी परेपछि राष्ट्र बैंक र अख्तियारले नै छानवीन गर्ने हो ।

हामीले उजुरीलाई आधार मानी समाचार तयार पारेका छौं । कसैको चरित्रलाई हत्या गराउने हाम्रो मनसाय होइन । – सम्पादक

उजुरीहरु जस्ताको तस्तै ः–

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी

राष्ट्र बैंकमा परेको उजुरीको जस्ताको तस्तैः–

प्राइम कमर्सियल बैंकले पठाएको खण्डन जस्ताको तस्तैः–

प्राइम कमर्सियल बैंकको यो समाचार छुट्यो की ?

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)