• होमपेज
  • समाचार
  • एनसीसी बैंकको हकप्रदले पायो अनुमति

एनसीसी बैंकको हकप्रदले पायो अनुमति

  • शुक्रबार, असार २२, २०७५
एनसीसी बैंकको हकप्रदले पायो अनुमति

नेपाल त्रेडिट एण्ड कमर्श बैंक(एनसीसी)को हकप्रदले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत कार्तिकमा बैंकले आफ्ना शेयरधनीलाई ५० प्रतिशत हकप्रद दिनका लागि बोर्डमा निवेदन दिएको थियो ।

बैंकको विक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बैंकलाई बोर्डले लामो समयदेखि हकप्रद निष्कासनका लागि अनुमति नदिएका कारण बैंकको चुक्ता पुँजी पुर्याउने योजना पुरा भएको थिएन ।

बोर्डबाट एनसीसीले दुई बराबर एक कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद जारी गर्न अनुमति पाएको हो । जसको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटललाई गर्नेछ ।

चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हकप्रदपछि सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रदपछि ९९ करोड रुपैयाँ बराबरको सञ्चित नाफाबाट बोनस वितरण गरेर अन्य विकल्पबाट बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउन पर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार