• होमपेज
  • अर्थ/वाणिज्य
  • कैलाशविकास बैकको शाखा गुल्मीको रुद्रवेणीमा

कैलाशविकास बैकको शाखा गुल्मीको रुद्रवेणीमा

  • बिहिबार, असार २१, २०७५
कैलाशविकास बैकको शाखा गुल्मीको रुद्रवेणीमा

कैलाशविकास बंैकको नयाँ शाखा गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको रुद्रवेणीमा खोलेको छ । बिहिबार एक समारोहकाबीच उक्त शाखाबाट कारोबार आरम्भ गरेको प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए । उक्त बैंकको या ५३ औँ शाखा शाखा हो ।

उक्त समारोहमा बैंकका संचालक चिन्तामणीपाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा गांउपालिकाका अध्यक्ष, पारेश्वर ढकालको बिशिष्ठ आतिथी, ावडाअध्यक्षहरु, सुरक्षानिकायका प्रमुखहरु, तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु तथा स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थितिरहेको थियो ।

यस नयाँशाखा सहित बैंकको शाखा संख्या ५३ पुगेकाछन् भने ब्त्ः संख्या २५ पुगेकाछन् । बैंकले निकट भविष्यमा ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग, रुपन्देहीजिल्लाको भलवारी, धनुषाजिल्लाको जनकपुर, नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्नठांउहरुमा थप शाखाहरु संचालनगर्ने तयारी गरिरहेको कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थालेहाल सम्मरु.२०अर्व ७२ करोड निक्षेपसंकलन गरीरु.१९ अर्ब १५ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिकप्रविधिको उपयोग गर्दै समस्तआधारभूत बैंकिङ्ग सेवाको अलावामोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधाभुक्तानी, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदानगर्दै आइरहेको छ ।

यस संस्थाले नेपालचार्टर्ड एकाउनटेन्ट संस्थाबाट ई.सं. २००९ मापहिलो पटक र त्यस पछि २०१४ देखि २०१७ सम्मलगातार ३ बर्ष उत्कृष्टवित्तीयप्रतिवेदन सम्मानप्राप्त गरेको छ भने नेपाल राष्ट्र बैंकको रजतजयन्तीको अवसरमाउत्कृष्टवित्तीय संस्थाको सम्मानलगायतअन्य सम्मानहरु समेत प्राप्त गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार