• होमपेज
  • समाचार
  • झापाको कचनकवलमा NIC ASIA नयाँ शाखा सञ्चालनमा

झापाको कचनकवलमा NIC ASIA नयाँ शाखा सञ्चालनमा

  • सोमवार, असार ११, २०७५
झापाको कचनकवलमा NIC ASIA नयाँ शाखा सञ्चालनमा

नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले नयाँ शाखा कचनकवल गाउँपालिका, वडा नं ६, बनियानी, झापामा स्थापना गरेको कचनकवल शाखाको एक समारोहका बिच प्रदेश नं १ का सांसद बसन्त कुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमज्यूबाट विधिवत् समुद्घाटन सुसम्पन्न भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ

यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार